logo

भलुहीमा एमालेको भब्य भेला 

      4/3/2017 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

जीतपुर २१ चैत
जीतपुर सिमरा उप महानगरपालिका वडा न २३ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ। रामक्षेत्री पटेल को अध्यक्षता मा भएको भेला लाई संबोधन गर्दै सभासद नेजमा आलमले जनता को दुःख सुख मा एमालेले साथ दिएको हुनाले यसपली को चुनाव मा जनताले एमाले लाई नै साथ दिने विश्वास ब्यक्त गरिन। ७० वर्ष देखी लोकतन्त्र स्थापनाको लागी चल्दै आएको आंदोलनको मर्म र भावनालाई एमालेले संबिधान बनाई संस्थागत गरेको हुदा जनतामा एमाले प्रति अझ विश्वास बढ्दै गएको उनको भनाई थियो। नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्माले मधेशवादी दलहरुलाई निर्वाचनमा सहभागी भई लोकतन्त्र लाई अझ बलियो बनाउन आग्रह गरे बारा जिल्ला निर्वाचन परिचालन कमिटी सदस्य संजय पटेलले संचालन गरेको कार्यक्रममा भरत खड़का, देव नारायण चौधरी, मनोज पौडेल, कृष्णा खनाल, कमलेश झा, भूदेव चौधरी, सोचन यादव, ई। मोबिन आलम, जोगिन्दर महतो, मुस्तकीम अंसारी, मिरहसन मंसूरी, असलम देवान लगायतले शुभकामना मंतब्य ब्यक्त गर्नु गरेका थिए। भेला ले मुस्तकीम अंसारी लाई अध्यक्ष, मिरहसन मंसूरी लाई उपाध्यक्ष र असलम देवान लाई सचिव बनाउदै १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.