वीरगन्ज,१९ चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले मधेसवादी दलकै गलत क्रियाकलापका कारण मधेसीले अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गरे । उनले मधेसीको मुक्तीको नाममा खोलिएको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पण गर्दै श्रीवास्तवले त्यस्ता दलहरुलार्इ आउने निर्वाचनमा मधेसी जनताले आफनो मताधिकारबाट तह लगाउनु पर्ने सुझाए ।
कार्यक्रममा सभासद रमेश कुर्मीले काँग्रेस एमालले भन्दा पहिले निवार्चन कार्यालयमा दर्ता गराई केही मधेसी दलले आफनो चरित्रलाई उजागर गरेको बताए । । उनले मोर्चाको निर्णय बेगेर निर्वाचन कार्यालयमा दल दर्ता गराउने मधेसवादी दल मधेसी विरोधी भएको धारण राख्दै सांसद कुर्मीले त्यस्ता दललाई मतदान नगर्न मधेसी जनतालाई अपिल गरे ।मोर्चाको निर्णय हुनु अगावै संघीय समाजवादी फोरमले दल दर्ता गराएको थियो ।
कार्यक्रममा तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा लगायतका वक्ताले संविधान संशोधन नभए सम्म निर्वाचन हुननदिने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तमलोपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई पार्टीका प्रवक्ता एवम् केन्द्रिय सदस्य विमल प्रसाद श्रीवास्तव र केन्द्रिय सदस्य एवम् सांसद रमेश कुर्मीले अविरको टिका लगाई पार्टीका स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया