बीरगंज २९ चैत । बीरगंज उपमहानगरपालिका वडा नं १४ साविक वडा नं १७ ठुलो पिप्रा निवासी २३ वर्षिय निलु पटेललाई अज्ञात समुहले गएराती गोली हानी घाइते बनाएको छ । पटेलको देव्रे कन्चट नजिक गोली लागेको छ । उनको अहिले बीरगंजको नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । पटेलको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । पटेलको कन्चटमा (क्लोज कन्टयाक्ट) नजिक बाट गोली हानिएको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए ।
गोली राती १ बजेको आसपासमा चलेको अनुमान प्रहरीले गरेको छ । घटनाको प्रारम्भिक प्रक्रिया पुरा भएको र प्रहरीले समग्र घटनाको सन्दर्भमा अनुसन्धान शुरु गरेको उनले बताए । प्रहरीले अनुसन्धानकालागि घर परिवारका अन्य सदस्यहरुलाई पनि निगारानीमा राखेको छ । भारत बिहारको पूर्वी चम्पारणको सहरवा माइती भएकी पटेलको साढे ३ वर्ष अगाडि ठुलो पिप्रा निवासी २५ वर्षिय धिरेन्द्र पटेलसंग सामाजिक रिती अनुसार बिवाह भएको थियो । प्रहरीका अनुसार घरमा सामान्य बिषयमा विवाद रहेको थियो । पटेलको साढे १ वर्षिय छोरा छन ।
तपाईको प्रतिक्रिया