वीरगञ्ज, २४ चैत :
नेपाली काँग्रेस पर्साका जुझारु कार्यकर्ता विनोद रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी नेतृत्व गैर राजनीतिक प्रवृतिले कार्य सम्पादन गर्न थालेको आरोप लगाउँदै रौनियारले पार्टीबाट सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।
दुई दशक भन्दा बढी पार्टीमा सक्रिय रहेका इन्द्रेणी एफएमका सञ्चालक रौनियार पर्सा विश्रामपुरका निवासी हुन् ।
उनी काँग्रेस क्षेत्र नं। ३ का क्षेत्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीले उनलाई क्षेत्रीय सचिवको जिम्मेवारी दिने निर्णय समेत गरेको थियो ।
तपाईको प्रतिक्रिया