logo

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

      4/29/2017 गते 00 00 मा प्रकाशित     1391   पटक पढिएको

बर्दिया, १७ वैशाख । ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् ।


एउटा शिशुको जीवन नौ महिनासम्म आमाको गर्भमा बसेर बाहिर आएपछि नौलो संसार देख्छ । अनि विस्तारै ऊ बढ्दै जान्छ । हरेक समयमा ऊ आफूलाई छुट्टै किसिमको देख्छ । त्यही मानिस जब आफूलाई आफ्नो जीवनसाथी सँगसँगै रहने गरी आफन्त आमाबाबा छोडी पर पुरुष, महिलासँग साइनो गाँस्न पुग्छ । यही सहारा जीवनभर उसको जीवन यात्री बन्छ । सँगै बाँच्ने अनिसँगै मर्ने कसम खाइ जोडिएको नाता पछिसम्म पनि प्रगाढ अनि प्रिय हुँदोरैछ ।


यस्तै एक जोडी छन् बर्दियामा, २०३२ सालमा स्याङ्जाबाट बसाइँ सरी बर्दिया आएका जोडीको दिनचर्या दिनहँु अरुको घरमा गई मागेर खानुबाहेक कुनै उपाय नै छैन । बर्दिया गुलरिया नगरपालिकाको नजिकै भादा पुलपारिको टरुवा गाउँमा बस्दै आएको यो जोडीको बसोबास धेरैजसो बाहिर नै बसेर बित्ने गर्छ । ७७ वर्षीय कृष्णबहादुर परियार र करिब ६० वर्ष नाघेकी उनकी श्रीमती पुतली परियार एकाबिहानैदेखि गाउँ गाउँमा गई मागेर खाने गर्छन् । उनका एक छोरी छन् । तर उनलाई भारततिर काम गर्ने मानिसले बिहे गरेर लगेपछि अहिलेसम्म फर्केर आइनन् ।


“सहाराका रुपमा हामी नै छाँै । एक अर्काको सहारा दिने तै पनि ऐले आँखा देख्दिन मैले हात समाती समाती डोराएर गाममा डुलाउँछु । म नि कान कम सुन्छु बाटोमा गाडी आउँदा गाह्रो हुन्छ । धेरै दुःख छ गारो छ बाबु हामीलाई दिन कटाउन बरु चाँडै कालले लगेर माथि जान पाए राम्रै हुन्थ्यो, कोही नहुनेको त माथि पनि कोही नहुने रैछ” – परियारले भने ।


जीवन यस्तै रैछ पहिले हाम्ले कति धेरे इष्ट कमाएका थियाँै खान लाउन पुगेकै थियो कपडा सिलाएर नै । अब त बूढाबूढी भइएछ । उमेर ढल्किँदै गयो । काम गर्दै खान नसकिने भयो खाना पकाउन यसले आँखा देख्दिन मैले नै चाँजोपाँचो मिलाउँछु – कृष्णबहादुर परियारले फेरि कुरा थपे ।


असल जीवनसाथी हुनका लागि एउटा सहारा मात्र होइन जीवनभर उसलाई सँगसँगैको यात्रामा सहारा दिए सबै पुग्दोरहेछ । उहाँहरुको दैनिकजसो जीवन गाउँगाउँमा गई मागेर खानु अनि जहाँ रात पर्छ त्यहीँ रात बिताउनुबाहेक केही उपाय छैन । हामीलाई कसैले खान दिन्छन् । कसैले लाउन, कसैले मर्न नसकेका बूढाबूढी भनेर गालीसमेत गर्छन् क्यमरम बाबु भन्छिन् कृष्णबहादुरकी श्रीमती पुतली ।


हामीलाई हाम्रो जीवन चलाउन त कति गाह्रो छ । बेकारको जीवन भन्छउँ भने यी दुवै वृद्धवृद्धाको जीवन झन कति गारो होला प्रश्न चिह्न यहाँनिर खडा हुन्छ । जुन संसार देख्ने आँखा छैन । बाहिरको उज्यालो कालो घाम पानी सबै अनुभव र बूढोले भनेपछि थाहा हुन्छ पुतली भन्छिन् । सोचे जस्तै जीवन हुन्न रैछ न त आफूले चाहेको जस्तै हुन्छ । कति बिजोग छ । यी दुवैको जीवन बस्नलाई न त गतिलो आफ्नो घर नै छ । पानी पर्दा चुहिन्छ । सानो झुपडी छ उनीहरु एकजना मात्र बिरामी भएर ढल्यो भने मुखमा पानीसमेत पर्दैन त्यसैले हामीहरु जहाँ जाँदा नि सँगै जान्छम् उनीहरुले भन्छन् ।

सरकारले दिने सेवा सुविधा अथवा सामाजिक सुरक्षा भत्ता कृष्णले पाउँछन् भने पुतली सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित छिन् । पहिले नागरिकता बनाएको थिएँ हरायो उमेर पुगेको छैन भन्छन् वृद्ध भत्ता खान । बूढालेचाहिँ पाउँछन् त्यही पैसो मिलेको बेलामा चाहिँ टन्न माछा मासु लिएर खाने गर्छौं पुतलीले बताइन् ।


जीवनको सहारा एक अर्काका लागि हामी नै हौँ । के गर्ने बुढेसकालमा छोराछोरी भनेको नि यस्तै रैछ सन्तानको नाममा एउटी छोरी भएपनि नभए सरह छ । कहिले कता कहिले कता यसरी नै गुजारा चलाइरहेका छौँ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.