logo

सत्ता होइन अव चुनावमा जान्छौ ः अध्यक्ष गच्छदार

      4/4/2017 गते 00 00 मा प्रकाशित     2021   पटक पढिएको

काठमाडौं ,२२ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष बिजय कुमार गच्छदारले आफ्नो पार्टी स्थानीय चुनावमा जाने बताएका छन । उनले जनमताको कदर गर्ने भन्दै चुनवालाई रणनीतिक रुपमा सदुपयोग गर्ने पार्टीको नीति रहेको बताए । 

काठमाण्डौमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष गच्छदारले  मधेसी मोर्चामा रहेका दलहरु चुनावमा गए वा नगएपनि फोरम लोकतान्त्रिक चुनावमा भाग लिने बताएका हुन ।तर उनले  संविधान संसोधन गरेर मधेसको मुद्दा समाधान गर्नुपर्नेमा आफ्नो पार्टीको अडान कायम रहेको पनि  बताए ।

 स्थानीय तहको निर्वाचनको सदुपयोग गरेर अगाडि बढछौ उनले भने अब कुनै भ्रम र अफवाहको पछाडि नदौडी निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्छु।

अध्यक्ष गच्छदारले संविधान संशोधनका लागि अझै पनि समय रहेको भन्दै निर्वाचनलाई सार्थक बनाउन असन्तुष्ट पक्षलाई पनि सहभागी बनाउनुपर्नेमा जोड दिए। अहिलेको परिस्थितिमा आफू सरकारमा सहभागी नहुने समेत उनले प्रष्ट पारे।पार्टीलाई राष्ट्रीय दलको रुपमा स्थापीत गर्ने अभियानमा लागेका गच्छदारको फोरम लोकतान्त्रिक  निर्वाचनमै सोझिए पछि अन्य मधेसकेन्द्रीत दलहरु समेत दबाबमा परेकाछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.