काठमाडौं ३ बैशाख।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरि मोर्चाले चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मको कार्यक्रम घोषणा गरेका हुन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।
बैशाख १३ गते गाउँ शहर र मतदान केन्द्रमा मसाल जुलुश, १४ गते जिल्ला सदरमुकाम र प्रदेश कार्यालयमा लाठी सहित मसाल जुलुश गर्नै बताएका छन् । १५ गते मधेश तथा थारुहट लिम्वुवान वन्द, १६ गते नेपाल वन्दको घोषणा गरेका छन् । १६ गते नै स्थानीय चुनावका लागि उम्मेदवानरी दर्ता गराउने निर्वाचन आयोगले मिति तय गरेके छ ।
त्यस्तै १९ गते मतदान केन्द्रमा धर्ना, २६ गते जिल्लाहरुमा मसाल जुलुश र २७ गते अमाहड्ताल सहित नेपाल वन्दको घोषणा गरेको छ ।
तपाईको प्रतिक्रिया