logo

दर्ता भएका १७७ वटा हतियार बुझाइएन्

      4/29/2017 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

चितवन, १७ वैशाख । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् ।


चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ । प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य १७७ वटा हतियार भने बुझाइएको छैन ।


जिल्ला प्रशासन कार्यालय, चितवनमा कुल २०४ वटा हतियार दर्ता भएको तथ्याङ्क छ । “वैशाख १५ सम्म बुझाउने समय थियो, थापाले भन्नुभयो – आजदेखि निर्वाचन सुरक्षा योजनाअनुसार खानतलासी र कारबाही हुन्छ ।”


अन्य हतियार कहाँ गए भनेर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा दर्ता भएका २०४ हतियारमध्ये ११५ वटा हतियारमात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय, चितवनका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिनुभयो ।


प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।


निर्वाचन सुरक्षालाई मध्यनजर गरी हतियार बुझाउन भनिएको हो । तोकिएको समयभित्र नबुझाउनेलाई कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । अन्य सम्भावित क्षेत्रको पहिचान गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.