logo

छोरी जन्मिए पाँच हजार उत्प्रेरणा भत्ता दिने अध्यक्ष साहको घोषणा

      9/23/2017 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

वीरगंज ७ असोज । विन्दवासनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीलाल साहले  सामाजिक सुरक्षा भत्ता अन्र्तगत नागरिकले पाउदै  आएको भत्तामा थप ५ सय बृद्धि गर्ने  घोषणा गरेको छ । बिन्दवासीनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो घोषणा गरेको हुन ।

       त्यसैगरि  उनले गाउँपालिका भित्रका  गरिब, असहाय तथा जेहनदार बिद्यार्थीहरुलाई प्रत्येक महिना १ हजारका दरले छात्रवृति दिने घोषणा गरे । उनले गाउँपलिका भित्र कसैको घरमा  छोरी जन्मेपछि ५ हजार रुपैया उत्प्रेरणा भत्ता गाउपालिकाको खाताबाट उपलब्ध गराउने पनि घोषणा गरेका छन । उनले  शहिद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन ।।बिन्दवासीनी गाउँपालिकाका पदाधिकारी एवं सदस्यहरुको शनिवार एक समारोहका बीच शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
विन्दवासनी गाउपालिकाको प्रमुखमा संघिय समाजवादी फोरम नेपालबाट श्रीलाल साह कानु , उपप्रमुखमा नेपाली कांग्रेसबाट किरन देवी गुप्ता, त्यसैगरी वडा नं . १ को अध्यक्षमा नेकपा एमालेबाट सागिर मिया, वडा नं .२ मा नेकपा एमालेबाट संजय चौहान, वडा नं.३ मा राजपाबाट सलमा खातुन, वडा नं. ४ मा नेपाली कांग्रेसबाट अनुज कुमार चौरसिया, वडा नं. ५ मा नेपाली कांग्रेसबाट सुकदेव राउत अहिर निर्वाचित भएका छन । उनीहरुलाई  निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 
श्रीराधा कृष्ण चौरसिया मावि बहुअर्वाभाठा माविमा निर्वाचन अधिकृत इश्वरी प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित गाउपालिकाका अध्यक्ष कानुले वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.