logo

पर्साको सखुवा प्रसौनीमा मतगणना अवरुद्ध

      9/21/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

असोज ५ पर्सा ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँ पालिकाको मतगणना अवरुद्ध भएको छ । वडा नं ३ को मतपेटीकामा मुचुल्का उठाउदा १६ सय ८४ मत रहेकोमा  गणना गन्न खोल्दा १७ सय १ मत फेला परेपछि विवाद भएको हो । १७ मत बढी आएपछि मतगणना अवरुद्ध भएको हो । संघीय समाजवादी फोरम बाहेकका राजनीतिक दलका मतगणकहरु मतगणना बहिष्कार गरेर बाहिर निस्किएको नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार सावीर अन्सारीले बताउनु भयो । वडा नं १ मा पनि २५ मत मुचुल्का भन्दा कम देखिएको थियो । वडा नं १ मा नेकपा एमालेका बासुदेव चौधरी ११ मतको अन्तरले मात्र पराजित हुनु भएको हो । मतगणनाको प्रारम्भ देखीनै विवाद हुदै आएपनि निर्वाचन आयुक्तको कार्यालय सम्बेदनशील नभएको भन्दै राजनीतिक दलहरुले आलोचना गरेका छन । जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पारजुलीले बाकसमा भएको मत गणना गरिने कुरा निर्वाचन आयोगको निर्णय भएकोले त्यसलाइै ठुलो समस्या मान्न नुहने बताउनु भयो । उहाँले सखुवा प्रसौनीका गाउँपालिकाका निर्वाचन आयुक्त कमलराज पन्थीले मतगणना अवरुद्ध नभएको जानकारी दिएको बताउनु भयो । तर सखुवा प्रसौनीको श्री दीपनाराण आदर्श उच्च माविमा भइरहेको मतगणना अवरुद्ध रहेको मतगणना स्थलामा रहनु भएका अनेरास्ववियु पर्साका जिल्ला अध्यक्ष रामबाबु यादवले बताउनु भयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.