logo

स्थानीय तहमा हार्नेहरुलाई कांग्रेसले उम्मेदवार नवनाउने

      10/6/2017 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

असोज २० काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको बिषयमा नेपाली कांग्रेसले मापदण्डा बनाउदै छ ।
शुक्रवार काठमाण्डौमा भएको पार्टी केन्द्रीय समितिको बैठकमा उम्मेदवारको मापदण्डको बिषयले प्रवेश पाएको छ । पार्टीका महामंत्री डा.शशांक कोइरालाले उम्मेदवारको मापदण्ड सम्बन्धी अवधारणा प्रस्ताव गरेका छन । नेपाली 
कांग्रेसले स्थानीय तहको चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने मापदण्ड तयार गरेको छ । यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा नराख्ने गरि उम्मेदवार तय गर्ने कांग्रेसको तयारी छ।

स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन बिभिन्न माध्यमबाट आफूलाई अग्रसर बनाएका छन । कतिपयले पार्टीमा आवेदन समेत दिएका छन । पार्टीका स्थानीय निकायहरुले स्थानीय तहमा पराजीत भएकाहरुको नाम समेत  केन्द्रसम्म सिफारिस पनि भएको छ । समानुपातीक निर्वाचन प्रणालीबाट सभासद भएकाहरुले फेरी पनि समानुपातीक प्रणालीमै बस्ने रुची देखाएका छन । समानुपातीक तर्फ कम परिश्रम,कम खर्च नेताहरुको चाकरी गर्दा मात्र सभासद हुने भएकोले आकर्षण बढेको एक नेताले बताए ।

महामन्त्री कोइरालाले प्रस्तुत गरेको उम्मेदवारको मापदण्ड सम्बन्धी प्रस्ताव पारित भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.