logo

पर्सामा उम्मेदवार अाकांक्षी ब्यवस्थापन गर्न दलहरुलाई हम्मे हम्मे

      10/6/2017 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

असोज २० वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनकोलागि  नेपाली कांग्रेस भित्र उम्मेदवार ब्यवस्थापनको चुनौती देखा परेको छ । पर्सामा प्रतिनिधि सभाकोलागि ४ सिट मात्रै भएकोले यस्तो चुनौती देखा परेको हो । पर्साको क्षेत्र नं २ बाट नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अजय कुमार चौरसिया र बाहलवाला सभासद राजेन्द्र बहादुर अमात्यको नाम सिफारिश गरेको छ ।  यद्धपी चौरसियाको गृह गाउँ भने अहिलेको प्रतिनिधि सभाको क्षेत्र नं ३ मा पर्छ । दुई मध्य एकलाई बिश्वासमा लिएर उम्मेदवारी ब्यवस्थापन गर्न कांग्रेस नेतृत्वका सामु चुनौती रहेको छ । त्यस्तै पर्साको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता अनुशासन आयोगका अध्यक्ष रमेश रिजालको नाम प्रस्तावीत भएको छ । चौरसिया र रिजालको एकल नाम क्षेत्रीय समितिले प्रस्तुत गरे पनि पार्टीको जिल्ला समितिले नाम थप गरेको छ । पार्टीको जिल्ला नेतृत्व र केन्द्रीय सदस्य चौरसियावीचको समबन्धमा तिक्तता आएकोले यस्तो भएको लख काटन थालिएको छ । यही कुरा नेता रामेश रिजालको हकमा पनि लागू हुने भएको छ । पार्टी सभापति द्विवेदीले एउटा मापदण्ड बनाएर नेताहरुलाई निर्विकल्प नभएको सन्देश बडो चलाकीपूर्ण रुपमा दिएका छन । क्षेत्र नं २ मा क्षेत्रीय समितिले चौरसियाको मात्र नाम पठाएकोमा जिल्ला समितिले सभासद अमात्यको नाम थपेको हो । क्षेत्र ं ४ मा इश्वरीप्रसाद कानुको नाम जिल्लाले थपेको छ । क्षेत्र नं २ मा भने पार्टी सभापति द्विवेदीको साथ अमात्यले पाउने आकंलन गर्न थालिएको छ भने पार्टी केन्द्रमा संस्थापन र पौडेल समुहको ब्यवस्थापनका नाममा अमात्यको पल्ला भारि हुने एक नेताले बताए । तर चौरसियाको  बिभिन्न शक्तिकेन्द्रहरुसंग रहेको राम्रो सम्बन्धका कारण सजिलै अमात्यले टिकट पाउने चान्स पनि देखिदैन । उम्मेदवारको निक्र्योलनै नेपाली कांग्रेसकालागि पेचिलो बन्ने अवस्था छ । क्षेत्र नं ३ बाट बाहलवाला सभासद सुरेन्द्र चौधरी युवा नेता शम्भू चौहानको नाम सिफारिश भएको छ । क्षेत्र नं १ मा भने सभासद अनिल  रुङटा र पूर्व सभासद ओमप्रकाश शर्माको नाम सिफारिश भएको छ । ओमप्रकाश शर्माको छवी बिवादीत छ । सुरेन्द्र चौधरी पार्टी सभापति हुदा “सुन तस्कर” भन्दै शर्माको आलोचना गथ्र्ये । रुङटा भने पार्टीकाम उठाउन समेत खटने कुनै पनि विवादमा नपरेका युवा उधोगी हुन । शर्मालाई पार्टी नेता बिमलेन्द्र निधिको आर्शिवाद प्राप्त छ भने रुङगटालाई आधारभूत रुपमा कांग्रेसको तल्लको इकाई देखी पार्टी सभापति सम्मको साथ रहने एक नेतालेको दावी छ ।
संघीय समाजवादी फोरमले भने पर्साको क्षेत्र नं १ बाट पार्टीका  जिल्ला अध्यक्ष प्रदीप यादवलाई एकल सिफारिश गरेको छ । एमालेले क्षेत्र नं १ बाट बाहलवाला सभासद बिचारी यादवलाई मैदानमा उतार्ने सम्भावना छ । प्रतिनिधि सभा क्षेत्र नं २ र ४ मा फोरमले अहिले कसैलाई अगाडि सारेको छैन । क्षेत्र नं ३ मा एमाले परित्याग गरि फोरम प्रवेश गरेका प्रहलाद गिरी र हरि नारायण रौनीयारको नाम सिफारिश गरेको छ । फोरमले पार्टीका उपाध्यक्ष बाहलवाला सभासद लाल बाबु राउतलाई भने प्रदेश सभाको मैदानमा उतारेको छ । राउतलाई क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा १ मा प्रत्यासी बनाउने पार्टीले सिफारिश गरेको छ ।  
 २ बाट जन्नत अन्सारी क्षेत्र न २ को १ बाट रामनरेश यादव र २ बाट मुकेश द्धिबेदी क्षेत्र न ३ को १ बाट मन्जुर अन्सारी र २ बाट बिध्यान्चल ठाकुर एब गौरीशंकर साह तथा क्षेत्र न ४ को २ बाट वीरेन्द्र यादवको नाम सिफारिस गरेको छ । 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनलाई पनि पर्सामा उम्मेदवारी ब्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । पर्साको क्षेत्र न ४ मा यो समस्या पेचिलो हुने छ । नेकपा माओवादीको तर्फबाट उर्मिला अर्याल नेकपा एमालेका बाहलवाला सभासद जयप्रकाश थारुको ब्यवस्थापन गठबन्धकालागि अप्ठयारो हुन सक्छ । पर्सा क्षेत्र नं ३ मा पार्टीले जयप्रकाश थारुलाई सारेर समेत ब्यवस्थापन ग¥यो भने अनौठो हुने छैन । तर थारुको जोड ४ क्षेत्रमै रहने उनी निकटले जनाएको छ । ३ मा बाहलवाला सभासद राजकुमार गुप्ताको पनि चर्चा उनको त्यतीकै चर्चा २ मा पनि छ । पर्सा जिल्लामा साबिकमा ५ संसदीय क्षेत्र भए पनि अहिले ४ संसदीय क्षेत्र रहेको छ ।पर्साबाट राजपाले शनिबार र एमालेले आइतबार उम्मेदवारको सिफारिस गर्ने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.