logo

दसैं, तिहार, नेपाल सम्बत् छठ एबम् ल्होसार पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

      10/11/2017 गते 00 00 मा प्रकाशित     1980   पटक पढिएको

यहि अक्टोबर ९ तारिकमा प्रबासी  नेपाली  मन्च (Overseas Nepalese Forum) अमेरीका को म्यासाच्युसेस् राज्य कमिटीले दसैं, तिहार, नेपाल  सम्बत्  छठ एबम् ल्होसार पर्बको उपलक्ष्यमा  बोस्टन स्थित  हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा शुभकामना  आदानप्रदान  एबम्  रात्रीभोज कार्यक्रम  सम्पन्न गरेको छ ।  

सो कार्यक्रम  उपस्थित  अतिथि पाहुनाहरुलाई मन्चका  केन्द्रिय  सदस्यहरु बुद्दबज्र  लामा,  भीम  प्रकाश   ओली, पूर्व केन्द्रिय सद्स्य लीला रावत, म्यासाच्युसेस् राज्य कमिटीका अध्यक्ष  राजकुमार  थापा लगायत मन्चका  पदाधिकारी एबम् सद्स्यहरुले स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा युबा प्रतिभाहरु पारशु अर्याल र खगेन्द्र आचार्यलाई मन्चका  केन्द्रिय  सदस्य  बुद्दबज्र लामा र हर्वर्ड युनिभर्सिटीका बैज्ञानिक दिन्बन्धु भट्टले  खादा लगाइ सम्मान गर्नु  भयको थियो ।

 

 कार्यक्रममा  एन आर एन बोस्टन च्याप्टरका अध्यक्ष बिष्णु कार्की, प्याब्फोनका महासचिब बिरोचन नेपाल, एन डब्लु जि एनका अध्यक्ष  रूक्मिनी कार्की, हिमालयन लायन्स क्लब बोस्टनका अध्यक्ष  राम थापाले शुभकामना मन्तब्य दिनु भयको थियो ।  कार्यक्रममा  छिमेकी राज्य न्यू हाम्सर् बाट मन्चका केन्द्रिय सद्स्य  मैया ढुंगाना, एन आर एन च्याप्टर सचिब कमल ढुंगाना र आकाश ओझा अतिथिको रुपमा उपस्थित  हुनु भएको थियो ।  

कार्यक्रममा बोस्टन स्थित बिभिन्न संस्था यबम् मन्च सम्बद्ध परिवारको उपस्थिति रहेको थियो । मन्चका   केन्द्रिय सद्स्य  भीम  प्रकाश ओलीले सन्चालन गर्नु भयको सो कार्यक्रममा राज्य  कमिटीका  अध्यक्ष  राजकुमार  थापाले अथितिहरूलाई धन्यवाद्  दिइ कार्यक्रमको समापन गर्नु भएको थियो । औपचारिक कार्यक्रम   पश्चात डिजे सहितको नाचगान गरि  रमाइलो गरिएको थियो ।

साथै, मन्चले हरेक  बर्ष कोलम्बस डे को दिन शुभकामना  आदनप्रदान  कार्यक्रम  गर्ने  घोषणा समेत  गरेको छ ! प्रबासी नेपाली मन्च ( Overseas Nepalese  Forum ) अमेरीका को यासाच्युसेस् राज्य कमिटी सदस्य अजय कुशवाहा ले जानकारी  दिनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.