काठमाडौं, २७ असोज :
संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् भोली बिदाई गरिंदैछ ।
संसदको आजको बैठक अन्तिम भएपनि भोली शनिबार विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ ।
सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् ।
अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया