logo

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता सम्पन्न

      10/13/2017 गते 00 00 मा प्रकाशित     1284   पटक पढिएको

काठमाडौं, २७, असोज :

                                    सरकार र अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच आज पहिलो चरणको वार्ता भएको छ । डा. केसी अनशन बसेको नवौं दिनका दिन भएको औचारिक वार्तामा दुवै पक्षबाट आ–आआफ्ना धारणा राख्ने काम भएको डा. केसीका प्रतिनिध अभिषेक प्रताप सिंहले जानकारी दिनुभयो ।

                                      सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकारी पक्षले भने चिकित्सा शिक्षा विधेयक संसदको क्षेत्राधिकार भित्र पर्ने भन्दै सो सम्बन्धमा आफुहरुले आधिकारिक धारणा दिन नसक्ने बताएको सिंहको भनाई छ । माथेमा प्रतिवेदनअनुसार विधेयक पारित हुनु पर्ने डा. केसीको माग रहेपनि सरकारी पक्षको सो भनाईले दुई पक्षबीच सहमति हुने सम्भावना बिगतमा झै यसपटक पनि क्षीण बनेको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा बनाईएको वार्ता टोलीमा स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल हुनुहुन्छ ।

                                        यस्तै डा. केसीका तर्फबाट वाइपी सिंह, कश्यप श्रेष्ठ, अभिषेक सिंह र अधिवक्ता ओमप्रकाश अर्याल वार्तामा सहभागी हुनुहुन्छ । अर्को बैठकको समय र मिति भने तय नभएको डा. सिंहको भनाई छ । चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार हुनुपर्ने सहितका माग गर्दै डाक्टर गोविन्द केसी ९ दिन देखि अनसनरत हुनुहुन्छ । यसैबीच डा. केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै नेशनल रिजिडेन्ट डक्टर्स एसोसिएसनले कालो पट्टी बाँधी आज काम गर्ने जनाएको छ । एसोसिएसनले एक विज्ञप्ती मार्फत सरकारले आफुहरुको माग प्रति चासो नदेखाए थप कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.