logo

होटलमा खान घरबाटै भाँडा लिएर जान्छन् डोम

      10/13/2017 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

वीरगञ्ज, २८ असोज :

                              ‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन । यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर–२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया÷नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन् । नास्ता पनि कागजमा पोको पारेर दिन्छन् ।
                               पर्सा जगरनापुर गाउँपालिका–१ जानकी टोल दशौंतामा डोम समुदायको करिब १५ घरधुरी एकै ठाउँमा छ । डोम बस्तीको छेउमा बजारको मुख्य चोक छ । चोकमा चिया, नास्ता र मिठाईका आधा दर्जन स–साना होटल छन् । होटलमा चिया, नास्ता खान जाँदा साहु र कामदारले डोम जातिका मानिसलाई होटलभित्र पस्न दिँदैनन् ।
                              ‘हामीप्रति गरिने यो विभेद त जसोतसो सहँदै आएका छौं । तर, जब हाम्रा घरमा पाहुना आउँछन् त्यसबेला भने मनमा असह्य पीडा हुन्छ’, डोम बस्तीका युवा राजेश राउत डोमले भने, ‘पाहुनाकै अगाडि होटलमा कागजमा पोको पारेर नास्ता दिँदा निकै लज्जित हुन्छौं ।’
                             ‘हामी पनि त मान्छे नौ हौं, अरूजस्तै हाम्रा पनि हातखुट्टा, नाकमुख सद्धे नै छन्’, डोम बस्तीकी माया देवीले प्रश्न गर्दै भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै यो छुवाछुत र विभेद किन ? हामीलाई डोम भनेर घृणा गरिन्छ ।’
डोम जातिमाथि गरिने विभेदबारे सोध्दा होटल सञ्चालकले सहजै स्विकारे । सञ्चालकमध्येका एक जनाले भने, ‘५÷७ जना डोम जातिका ग्राहकका लागि अन्य जातिका ६०÷७० जना ग्राहक गुमाउन चाहँदैनौँ ।’

                         ‘डोमलाई होटलकै ग्लास र प्लेटमा चिया, नास्ता दिए अन्य जातिका मानिस पसलमै नआउने भन्छन्, होटलका साहुहरू,’ डोमबस्तीका लक्ष्मी राउत डोमले भने, ‘५÷७ जना डोमका कारण आफ्नो होटल बन्द गर्नु छैन भनेर उनीहरूले हामीलाई गिलास र प्लेटमा नास्ता दिने गर्छन् ।’

                         होटलमा डोम जातिका ग्राहकलाई स्टिलका भाँडाकुँडामा चिया, नास्ता दिँदा गैरदलित ग्राहक पसलमै आउन छाडेपछि बाध्य भएर कागजामा नास्ता दिने गरेको जानकी टोल बजारस्थित होटलका एक सञ्चालकले भने, ‘के गर्ने हजुर यहाँको चलन नै यस्तै छ, डोमलाई होटलभित्र बसाएर चिया, नास्ता खुवायो भने अरू जातिका ग्राहक होटलमा आउँदैनन्, ५÷७ जनाका लागि होटल नै बन्द गर्ने कुरा पनि आएन ।’

                          डोम जातिमाथि गरिने छुवाछुत र विभेदबारे गाउँकै प्रहरी चौकीमा गुनासो गर्दा पनि चौकी प्रमुखले आफूहरूको वेदना नसुनेको मदन राउत डोमको गुनासो छ ।‘पुलिस चौकीमा हामीले गुनासो राख्दा सइ साबले तिमीहरूको गाउँको यही चलन छ, हामीले केही गर्न सक्दैनौं भनेर पठाइदिनुभयो’, मदनले भने, ‘हामी गरिब–दुःखीको पीडा सुन्न कोही तयार छैन ।’
होटलमा मात्र नभई गाउँको सरकारी विद्यालयमा पनि डोम बालबालिकामाथि छुवाछुतको भेद भइरहेको डोम बस्तीका अभिभावकको गुनासो छ ।दशौंतामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छ । उक्त विद्यालयमा डोम बस्तीका करिब ३०÷२५ जना बालबालिका अध्ययनरत छन् ।

                           विद्यालयमा पढ्ने डोम बस्तीका बालबालिकालाई शिक्षकले नै कक्षाकोठामा अलग्गै राखेर पढाउने गरेको बबितादेवी रामले बताइन् । ‘शिक्षकले नै डोम जातिका बच्चालाई कोठामा छुट्टै राखेर पढाउँछन्’, उनले भनिन्, ‘त्यसैले हाम्रा छोराछोरी स्कुल जानै मान्दैनन् ।’विद्यालयको कक्षा ५ मा अध्ययनरत लहवर कुमार राम डोम भन्छन्, ‘स्कुलमा हामीलाई धेरै समस्या छ । हामीलाई सरहरूले तिमीहरू डोम जातिका हौ त्यसैले छुट्टै बस भन्नुहुन्छ । अरू जातिका विद्यार्थीलाई हाम्रा जातका हुन् भनेर हामीबाट अलग बसाउनुहुन्छ ।’ पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले भने जानकीटोलका डोममाथि स्थानीय होटल सञ्चालक तथा विद्यालयमा गरिने छुवाछुतको व्यवहारको गुनासो आफूकहाँ नआएको बताउँछन् ।

                         ‘छुवाछुतको यस्तो गुनासो अहिलेसम्म आएको छैन । यस्तो भएको हो भने म अत्यन्तै दुःखी छु’, उनले भने, ‘कसैले पनि जातको नाममा कसैमाथि छुवाछुत र विभेद गर्न पाउँदैन । यदि, कसैले यस्तो गरेको छ भने ऊ कारबाहीको दायरमा आउँछ ।’
जानकीटोलको विद्यालयमा डोम जातिका बालबालिकामाथि विभेद भए नभएको बारे आफूले तत्कालै सुरक्षा निकायमार्फत बुझेर विभेद गरेको पाइए विद्यालयका शिक्षकलाई करबाही गर्ने प्रतिबद्धता उनले जनाएका छन् । साभार : अन्नपूर्ण पोस्ट

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.