logo

ठोरीको सुवर्णपुरमा फेरि अर्को बलत्कारको घटना सार्वजनिक

      10/13/2017 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

 वीरगञ्ज, २७ असोज :
                               पर्साको ठोरी गाउँपालिका वडा नं ५ मा फेरी बलात्कारको घटना सार्वजनिक भएको छ । ठोरी गाउँपालिका ५ सुवर्णपुरमा शुक्रबार बेलुकी सुस्त मनस्थितिकी यूवती बलात्कृत भएकी छिन् ।
                               बलात्कार भए लगतै बलात्कारमा संलग्न रहेको अरोपमा १९ बर्षिय भारतीय यूवक पक्राउ परेका छन् । भारत बिहार पश्चिमी चम्पारण भङ्गहा थाना अन्र्तगत पर्ने धुमाटार जसौली बस्ने सुजन दासलाई प्रहरीले पक्राउ गरेको हो । दासले स्थानीय २३ बर्षिया यूवतीलाई शुक्रबार बेलुका घर नजिकै रहेको जंगल छेउमा लगेर बलात्कार गरेको आरोप लागेको छ । दासले बालिकालाई पटक पटक जर्बजस्ती करणी गरेको आरोप युवतीका परिवारजनले लगाएका छन् । 
                               स्थानीयको सहयोगमा आरोपी दासलाई पक्राउ गरिसकेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.