वीरगञ्ज, २९ असोज :
तिहार र छठ पर्व नजिकिएसँगै पर्सामा माटाका भाँडाको बिक्री बढेको छ । माटोबाट बनाइने कलश, दियो गाग्रो, दही जमाउने भाँडा र ढकनासहित नयाँ भाँडा दिपावली र छठ पर्व र शुभकार्यमा प्रयोग गर्ने गरिन्छ ।
वीरगञ्जको मुख्य चोकको सडक पेटीमा दिपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा लगायत माटोका भाँडा पसल थापिएको छ । माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको छ ।
तिहार र छठ पर्वका अवसरमा वीरगञ्ज बजारमा हजारौंको माटाका भाँडाको कारोबार हुने अनुमान छ । माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ रहेको छ ।
तपाईको प्रतिक्रिया