logo

वीरगंजमा चालू ठेक्काका सबै ठूला काम लथालिङ्ग, समयमा काम हुने कुनै लक्षण देखिन्न

      10/18/2017 गते 00 00 मा प्रकाशित     1141   पटक पढिएको


वीरगंज, १ कात्तिक । एडिबीको सहयोगमा नेपाल सरकार र वीरगंज महानगरपालिकाले वीरगंजमा निर्माण गर्न लागेको फोहरमैला प्रशोधन केन्द्रको काम एकदमै सुस्त गतिमा सञ्चालन भएको पाइएको छ ।


अप्रैल १, २०१८ मा सम्पन्न गर्ने गरी रु ४७ करोड ६८ लाखको सो आयोजना १९ महिना बितिसक्दा केवल २३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिनियाँ कम्पनी जेडआइसीले ठेक्का सकार गरेको फोहर–मैला प्रशोधन केन्द्रको काम पप्पु कन्सट्रक्सनका सञ्चालक सुमित अग्रवालले नेपाल प्रतिनिधिको रूपमा हेर्दै आएका छन् । २४ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने यो योजना अहिले १९ महिना बिति सक्दा केवल २३ प्रतिशत मात्र काम भएको छ ।


ढिला हुनुको कारण ठेकेदारले पुष्टि गरिसकेको छैन । आगामी ५ महिनामा ठेक्काले पूर्णता पाउने कुनै सम्भावना पनि छैन । फोहर मैला प्रशोधन केन्द्रका लागि सन् २०११ मा भएको सर्वेक्षण अनुसार निर्माण सम्पन्न भएको खण्डमा वीरगंज महानगरपालिकाले दैनिक सङ्कलित मलबाट वार्षिक ६ करोड आम्दानी हुन सक्ने गुरु योजनामा जनाइएको छ । ६ वर्षको अवधि पार भएकोले सन् २०११ मा भएको सर्भेमा अर्गानिक मलबाट महानगरलाई ९ करोडको हाराहारीमा वार्षिक आम्दानी हुने अनुमान छ ।


एडिबीले सन् २०११ मा गरेको सर्भे अनुसार वीरगंज महानगरबाट दैनिक ६३  टन फोहर सङ्कलन हुन्छ । फोहरमध्ये अर्गानिक मलका लागि छुट्याएर प्लास्टिक, शीशा, फलाम, ब्याट्री र कागज जस्ता पुनः प्रयोगमा आउन सक्ने वस्तु छनोट गरेर थप आम्दानी हुन सक्ने तथ्याङ्क एडिबीले निकालेको थियो । अहिले यो योजना निर्धारित मितिमा सम्पन्न हुने कुनै लक्षण देखिएको छैन ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.