बीरगंज ८ कार्तिक । वीरगंज, ८ कार्तिक पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव अन्तत संघीय समाजवादी फोरममा जाने भएका छन । बुधवार आफनो निजी निवास बीरगंजमा पत्रकार संमेलन गरि यस्तो जानकारी दिएका हुन । यस अघि उनी एमाले र कांग्रेसमा जाने हल्ला जोडतोडले चलेपनि अन्तत फोरममा जाने निधो भएको हो ।
१० गते फोरममा पार्टी प्रवेश गर्ने पत्रकार संमेलन गरि जानकारी गराएका छन ।पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टी प्रवेशको कार्यक्रम आयोजना गरेर प्रवेश गर्ने उनले जानकारी दिए । बिमल श्रीवास्तव पर्साको क्षेत्र नं. २ प्रत्यक्षबाट सांसद र उनका प्रमुख सहयोगी पुरुषोतम झा पर्साको क्षेत्र नं. १ को ख बाट विधायक लड्ने टिकट पाउने श्रोतले जनाएको छ । तर पत्रकार सम्मेलनमा नेता श्रीवास्तवले आफूहरु बिना शर्त संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेको जानकारी दिए ।
पार्टीले दिने जिम्मेवारी सम्हाल्ने गरि प्रवेश गर्ने उनले बताए “तर कुनै शर्तनामा गरिएको छैन” । बिमल प्रसाद श्रीवास्तव फोरममा जाने निर्णयको उनका सहयोगी युवा नेताहरु रन्जन लगायतका युवाहरुले स्वागत गरेका छन । श्रीवास्तवको यो निर्णयले पर्साको राजनीति समिकरणमा बदलाव ल्याउने हैसियत राख्छ ।
तपाईको प्रतिक्रिया