logo

वीरगन्जको अत्याधुनिक बस टर्मिनलको संरचना निर्माण मन्द गतिमा

      10/29/2017 गते 00 00 मा प्रकाशित     1952   पटक पढिएको


वीरगन्ज, १२ कार्तिक । मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जमा व्यवस्थित बसपार्क नहुँदा यात्रुहरुले मात्रै सास्ती व्यहोर्नु परेको छैन । यातायात व्यवसायीहरुलाई पनि समस्या हुने गरेको छ । बसपार्क निर्माणका लागि परेको ठेक्का पहिलो पटक रद्द भएपछि दोश्रो पटक परेको ठेक्कामा पनि निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाई गर्दा अझै पनि बसपार्क निर्माण हुन सकेको छैन । जर्मनको दातृ निकाय (केएफडब्लु) को आर्थिक सहयोगमा नगर विकास कोषको ऋण लगानीमा निर्माणाधिन अत्याधुनिक बस टर्मिनलको निर्माणको ठेक्का सदरभएपछि पहिलो पटक सम्झौता हुँदा १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि गतबर्ष भएको मधेस आन्दोलनका कारण निर्माण कार्य अवरुद्ध भएको ठेकेदारले बताएको छ ।
 

जर्मन दातृ संस्थाको १८ करोडको ऋण अनुदानमा वीरगंज नगर विकास कोषले बसपार्कको निर्माण कार्य गर्न डेढ वर्ष अगाडि ठेक्का लगाएको थियो । २०७३ बैशाखदेखि निर्माण कार्यको ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०७३ चैत २४ देखि मात्र काम शुरु गरेको थियो । मधेस आन्दोलन, निर्माण सामग्रीको अभाव तथा प्राविधिक कमजोरीका कारण काममा ढिलाई भएको ठेकेदार कम्पनी रोशन कन्सन्ट्रक्सनका निर्देशक अच्युत राउतको भनाई छ ।
 

बसपार्क निर्माणको ठेक्का आशिष, पप्पु, रोशन जेभीले सकार गरेका हुन् । यसअघिको ठेक्का आपूmलाई नपरेपछि पप्पु कन्सट्रक्सनले बढी रकममा ठेक्का दिएको भन्दै मुद्दा दायर गरेपछि दातृ निकायले ठेक्का नै रद्द गरेको थियो । १५ महिनामा काम सम्पन्न गर्न समय दिइएको भएपनि काम पूरा गर्न नसकेपछि एक पटक ७ महिनाको म्याद पनि थपि सकिएको छ । चैतदेखि निर्माण कार्यलाई सुचारु गरिएपनि अहिले सम्म सम्पन्न हुन नसक्दा दोश्रो पटक म्याद थपिएको छ । निर्माण कार्य भने २० प्रतिशतको हाराहारीमा मात्रै भएको छ ।
 

महानगरपालिकाले डिजाईन निर्माणमा ढिला भएका कारण निर्माणमा पनि ढिलो भएको जनाएको छ । तर, डिजाईन भन्दा पनि रकम भुत्तानीमा समस्या भएको निर्माण कम्पनीको आरोप छ । ठेकेदार अच्युत राउतले भने, “डिजाईन भन्दा पनि नगरपालिकाको विल भुक्तानीमा ढिलाई हुने गरेको छ । शुरुमा अन्तरदेशीय विद्युत प्रसारणलाईनका लागि टाँगिएको हाईटेन्शन लाईनका कारण केही ढिला भयो ।” १८ महिनाको म्याद डिसेम्बर सम्म हाम्रो समय छ ।
 

उहाँहरु (महानगरपालिका) ले समय थप गर्ने कुरा गर्दै हुनुहुन्छ, । निर्माण गर्ने वातावरण बनाउने महानगरको काम हो ।” अन्तरदेशीय प्रसारणलाईनका लागि टाँगिएको हाईटेन्सन लाईन बसपार्कको भवन निर्माण स्थलको माथिबाट नै गएकोले त्यसलाई हटाउन धेरै दौडधुप गर्नुपरेको महानगरका योजना अधिकृत अमात्यको भनाई छ । परामर्शदाताले बसपार्क निर्माणका लागि डिजाईन गर्दा सानो क्षेत्रफलकोलाई ठूलो आकारको डिजाईन बनाई दिएपछि त्यसलाई सानो आकारको नक्शांकन गर्न समय लाग्यो ।
 

पहिले गरेको (ड्रेन) ढल निकासको डिजाईन पनि परिवर्तन गर्नुपर्ने भएकोले अझै निर्माणमा ढिलो हुने भएको छ । परामर्शदाताले असोजको तेश्रो हप्ता आएर सर्भे गरेर गएका छन् । त्यो डिजाईन आएपछि निर्माण कार्य सुरु हुने योजना अधिकृत आमत्यले बताए । वीरगन्ज महानगरपालिकाको बस टर्मिनल निर्माणका लागि सरोकारवालाहरुबीच आन्तरिक समन्वय नहुदाँ बसपार्कको काममा ढिलाई भएको देखिएको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको बुझाई छ ।
 

उनले अबको ७ महिनामा काम सकेन भने अर्को पटक म्याद थप नगर्ने चेतावनी दिए । ‘काम सक्न ठेकेदारसँग हाल अढाई महिना समय बाँकी छ, चार महिना थप्ने सल्लाह भइरहेको छ, मोटामोटी ७ महिनामा काम सकेन भने ठेक्का रद्द गर्छु,’ उनले भने, ‘जनताको करलाई, ऋण अनुदानमा सञ्चालित परियोजनाको व्याजमा खर्च गर्न सकिदैन ।’ अधिकतम ५ देखि ६ महिना सम्ममा निर्माण सम्पन्न गर्ने तयारीमा छौ ।
 

एक पटक ठेक्का रद्द भएको सो परियोजनाको यस पटक पनि फेरी म्याद थप्नुपर्ने अवस्था देखिएको छ । अहिले निर्माण सम्पन्न गर्न एकपटक फेरी म्याद थप गर्ने तर पटक पटक म्याद थप गरेर जनतालाई ऋणको भार बोकाउने पक्षमा आपूm नरहेको मेयर सरावगीले बताए । उनले ठेकेदार कम्पनी र परामर्शदाता सितारालाई चाँडै निर्माण सम्पन्न गर्ने तर्पm लाग्न निर्देशन दिए ।
 

नेपालमा विद्यमान कानुनी उल्झनले पनि भौतिक संरचना निर्माणमा अवरोध आउने र ढीलो हुने गरेकोले विकास निर्माणका लागि छुट्टै कानुनी व्यवस्था हुनुपर्ने उनको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.