logo

एमालेमा प्रवेश गरेका पूर्व डिआईजी सिलवाल ललितपुरबाट लड्ने

      10/29/2017 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको

काठमाडौं । पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) बाट टिकट पाएका छन् । ललितपुर १ बाट उनले टिकट पाएका हुन् ।

सिलवालको नाममा सहमति भएको छ । यद्यपी त्यसलाई स्थायी किमिटिबाट निर्णय गराउन बाँकी छ ।

ललितपुरका प्रतिनिधिसभा सदस्यका लागि २ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनमा २ वटा एमालेले पाएको छ । १ मा नवराज सिलवाल र २ मा कृष्णलाल महर्जनले टिकट पाउने पक्का भएको एमालेका एक केन्द्रीय नेताले दृष्टिलाई जानकारी दिए । ललितपुर १ मा एमालेका नेता मधुसुदन पौडेलले पनि दाबी गरेका थिए । तर, उनी सिलवाललाई सहयोग गर्न तयार भएका छन् ।

ललितपुर १ मा कांग्रेसबाट उदयशमशेर राणाले प्रतिस्पर्धा गर्दैछन् । आईजिपी बढुवामा शेर बहादुर देउवाले अन्याय गरेपछि सिलवाल राजिनामा दिएर राजनीतिमा लागेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.