logo

कुर्मी लड्डु बाढदै गुप्ता टिकट खोज्दै

      11/1/2017 गते 00 00 मा प्रकाशित     1347   पटक पढिएको

कार्तिक १६ बीरगंज । राजनीति प्रवृति र पत्रका कारण आलोचीत मात्र छैन प्रशंसीत पनि छ । राजनीति घृणित खेल हो लगन अनुशासन नियम नमान्नेहरुले यसलाई खेल्छन भन्ने मान्यता पनि छ । तर राजनीतिमा देखिएका कतिपय पत्रले यो भनाईलाई खण्डीत गर्छन भने केही यो मान्यता स्थापित गर्न अग्रसर हुन्छन ।

अहिलेको चुनावमा पर्सामा यस्तै बिषयले निकै चर्चा पाएको छ । निष्ठा र बिचारधाराको राजनीति हाटखोलामा च्याङग्रा पछारिए झै भएको अवस्थामा पुगेको छ । केही दिन अघिमात्र बीरगंज महानगरको बरिष्ठ अधिकृतबाट राजीनामा दिएर राजनीतिक दंगलमा हाम फालेका शम्भू गुप्ता अन्तत बामगठबन्धनबाट निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट उम्मेदवार हुने तय भयो ।

राजनीति पनि कति सहज भएको फेरी पार्टी परित्याग गर्ने बित्तिकै टिकट अर्को तर्फ किस्तीमै सजाएर राखिएको छ । अर्को तर्फ राजपाका केन्द्रीय अध्यक्ष सुरेन्द्र कुर्मीको टिकट खोसियो  । टिकट खोसिएको खुशीमा उनले बीरगंजको प्रसीद्ध शक्ति पीठ गहवामाईलाई पाँच किलो लड्डु चढाएर साथीभाइवीचमा खुशी साटेका छन । उनीले बिरोध स्वरुप यस्तो गरेको भएपनि राजनीतिमा यस्तो भद्र अवज्ञा कमैले आश गरेको बिषय हो ।

बुधवार मात्रै पर्साको क्षेत्र नं ३ का बिधान्चल ठाकुरले संघीय समाजवादी फोरम परित्याग गरेर बाम गठबन्धनमा समाहित भएको घोषणा गरे । साँझ उनकै बिज्ञप्ति आयो म कुनै पार्टी प्रवेश गरेको छैन “स्वतन्त्र” भए ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा गएको चुनवामा संघीय समाजवादी फोरम परित्याग गरेर अध्यक्षमा उम्मेदवारी दिएका जसवन्त यादव अहिले एमालेबाट प्रदेश सभाको उम्मेदवारको दावेदार भए । एमालेको सदस्यता समेत नलिएका ब्यक्तिलाई बिधायकको उम्मेदवार बनाउने र नपाए बिद्रोग गर्छौ भन्दै त्यो प्रदेश सभामा रहेका १६ वडाका एमाले अगुवाहरु नागेन्द्र चौधरी हराउने उद्धघोष गर्दैछन ।

बिमल श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेशमात्र गरेनन उनले प्रतिनिधि सभाको उम्मेदवार हुने अवसर पनि पाए । उनीसंगै रहेका अन्य नेताहरुले केही पाएको भने देखिदैन । उनीसंग रहेका दुई युवाहरु आशुतोष चतुर्वेदी र दीपक तिवारी एमाले प्रवेशको प्रतिवद्धता जनाएका थिए भने अनुसार नभएर होला अहिले सम्म पार्टी प्रवेश चाही भएको छैन ।

राजनीतिमा यस्तो बर्हिगमन र प्रवेश निकै देखा पर्दैछ जसले राजनीतिलाई अर्कै बिषय बनाएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.