logo

पर्सामा उत्साहजनक रुपमा मनोनयन सम्पन्न ,केही स्थानमा बागी

      11/2/2017 गते 00 00 मा प्रकाशित     1770   पटक पढिएको

कार्तिक १६ बीरगंज । प्रतिनिधि तथ प्रदेश सभाकोलागि आज पर्सामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । नेशनल टेड्रीङ्गमा रहेको निर्वाचन कार्यालयमा दलहरु बाजा गाजा सहित मनोनयन दर्ता गराउन गएका थिए । शान्तिपूर्ण र उत्साहजनक रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

पर्साको क्षेत्र नं १ बाम गठबन्धनको  तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिचारी यादव २ सलीम मिया ३ मा राजकुमार गुप्ता र ४ मा उर्मिला अर्याललाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दर्ता भएको छ । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट  १ मा प्रसिद्ध उधोगपति अनिल रुङगटा २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजालको उम्मेदवारी दर्ता भएको छ । राजपा फोरम गठबन्धनको तर्फबाट १ मा प्रदीप यादव २ मा बिमल श्रीवास्तव ३ मा हरिनारायण रौनीयार र ४ मा लक्ष्मणलाल कर्णको उम्मेदवारी दर्ता भएको छ ।

 प्रदेश सभा तर्फ नेपाली कांग्रेसले १ को १ मा रामनारायण कुर्मी २ मा बिजय सर्राफ २ को १ मा राजेश्वर साह तेली २ मा रामरुप कुर्मी ३ को १ मा चन्द्रकिशोर चौधरी २ मा जनार्दन सिंह क्षेत्री ४ को १ मा शंकर चौधरी र ४ को २ मा बशिष्ठ नारायण कुर्मीको  उम्मेदवारी दर्ता गरेको छ  । बाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ बाट शम्भू गुप्ता  २ बाट रहवर अन्सारी निर्वाचन क्षेत्र नं २ को १ बाट रामचन्द्र साह, २ बाट छोटेलाल पटेल ३ को १ मा नागेन्द्र चौधरी २ मा छोटेलाल यादव ४ को १ मा जयप्रकाश थारु २ मा सुरेश पटेलको उम्मेदवारी दर्ता भएको छ ।

राजपा फोरम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ मा जन्नत अन्सारी , २ मा लालबाबु राउत गद्धी,  निर्वाचन क्षेत्र नं २ को १मा राम नरेश यादव २ रमेृश पटेल निर्वाचन क्षेत्र नं ३ को १ मा अब्दुल रहिम र २ मा प्रहलाद गिरी निर्वाचन क्षेत्र नं ४ को १ मा रामचन्द्र पंडित र २ मा सिहासन कल्वारको उम्मेदवारी दर्ता भएको छ । फोरमले निर्वाचन क्षेत्र नं १ को २ मा पहिला फिरोज मन्सुरलाई टिकट दिएर उम्मेदवारी दर्ता भएपनि पछि उनको सट्टामा जन्नत अन्सारीको मनोनयन दर्ता भएको हो । मन्सुरको टिकट पार्टी अध्यक्ष प्रदीप  यादवले रद्ध गराउन लगाएका हुन ।  

राजपा फोरम गठबन्धनमा टिकट बितरणको बिषयलाई लाई चरम असन्तुष्टि देखिएको छ । त्यसको प्रभाव राजपाका सह महासचिव शिव पटेल निर्वाचन क्षेत्र नं २ को २ नम्बर प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका छन । राजपाका नगर अध्यक्ष ओम प्रकाश सर्राफ क्षेत्र नं १ को प्रदेश सभा “ख” २ नम्बरमा स्वतन्त्र उम्मेदवार बनेका छन । राजपाका अर्का महासचिव महमद कदम रसुल र जिल्ला अध्यक्ष इमदाद गदीले नेपाल संघीय समाजवादी पार्टीको टिकट बाट निर्वाचन क्षेत्र नं १ र ४ मा प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन ।

सोही पार्टीबाट पर्साको क्षेत्र नं ३ मा राजकुमार यादवको उम्मेदवारी परेको छ । राजपाको महिला संगठन पर्साको अध्यक्ष अनिता रौनीयारले पनि नेकपा मालेको तर्फबाट उम्मेदवारी दर्ता गराएकि छिन । निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा २ मा उनले उम्मेदवारी दिएकी हु्न ।

साझा बिवेकशिल पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ मा डा.महम्मद राजाले उम्मेदवारी दिएका छन । यस अघि राजपा फोरम गठबन्धन आदर्शनगर रंगशालामा ,नेपाली कांग्रेस ठाकुरराम बहुमुखी क्याम्पस अगाडि र नेकपा एमाले आफनै पार्टी कार्यालय मनमोहन नगर रानीघाट बाट जुलुस सहित मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय गएका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.