logo

पर्सामा उद्योगी पूर्व कर्मचारीदेखी ठेकेदार सम्म उम्मेदवार

      11/3/2017 गते 00 00 मा प्रकाशित     1806   पटक पढिएको

वीरगन्ज, १७ कार्तिक । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिनेहरुमा उद्योगीदेखि पूर्व सरकारी कर्मचारी तथा ठेकेदारहरु पनि रहेका छन् । निकै सकसकाबीच उम्मेदवार चयन गरेका दलहरुले राजनीतिक विचार र सिद्धान्तलाई भन्दा पैसावालाहरुलाई बढी प्राथामिकतामा राखेर टिकट वितरण गरेका छन् ।

नेपाली कांग्रेसले भने विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका अनिल कुमार रुंगटालाई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । राप्रपासँग तालमेल गर्दा राजिव पराजुलीलाई टिकट दिने चर्चा चलेपछि कांग्रेस भित्र चर्को असन्तुष्टि चुलिएको थियो । रुंगटालाई नै टिकट दिनुपर्ने जिल्लादेखि केन्द्रसम्म दवाब भएपछि उनलाई टिकट दिईएको छ । उनी निवर्तमान सांसद पनि हुन् । नेपाली कांग्रेस पर्सामा यसपटक सबैलाई मिलाएर टिकट वितरण गरिएकोले क्षेत्र नम्बर १ मा अनिल रुंगटाले जित्ने निश्चित भएको कांग्रेस कार्यकर्ताहरुको दावी छ ।

नेपाली कांग्रेस भित्र सबै सग राम्रो सम्बन्ध रहेका नेता रुङटा कांग्रेस भित्रैबाट हुने अन्तरघातको मारमा नपर्ने आम बुझाई छ । लोकतन्त्रको संस्थागत बिकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्ने दिशामा क्रियाशील हुने उनको अठोट छ ।  बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनको नाममा यसपटक उद्योगी, व्यापारी, पूर्व कर्मचारी र ठेकेदारकिनारामा पारिएका छन । टिकट पाउनकै लागि पार्टी परिवर्तन गर्नेहरुका कारण लामो समयसम्म एउटै पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरु भने पाखा लगाईएपछि दलहरु भित्र चरम असन्तुष्टि पनि देखिएको छ ।

यद्यपि बाहिरी रुपमा भने उनीहरुले सहयोग गरिरहेका छन् । सबै राजनीतिक दलमा पैसावालाहरुलाई मात्रै भित्र्याउने एउटै प्रवृत्ति देखिएपछि कार्यकर्ताहरु पनि स्वतन्त्र रहनु बाहेक अर्को विकल्प नभएर तटष्थ बसेका छन् । पार्टी परिवर्तन गरेर उम्मेदवारी दिनेहरुमा सबैभन्दा बढी मधेस केन्द्रीत दलका नेताहरु देखिएका छन् । कोहीले भने स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएका छन् ।

पर्सा क्षेत्र नम्बर ४ को ख मा पूर्व नेविसंघका नेता एवं ठेकेदार सुरेश पटेललाई माओवादीले मनोनयन दर्ताको मिति भन्दा एकदिन अगाडि मात्रै पार्टीमा प्रवेश गराएर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । त्यस्तै मालपोत कार्यालयबाट सेवानिवृत्त भएका विध्याञ्चल ठाकुर पनि उम्मेदवार बन्नका लागि बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

पर्सा क्षेत्र नम्बर ३ को क बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य छोटेलाल प्रसाद यादवलाई दिईएको टिकट विध्याञ्चल ठाकुरलाई दिईने भनेर उनलाई बाम गठबन्धनमा प्रवेश गराएको भएपनि छोटेलाल यादवको टिकट परिवर्तन नहुने भएपछि ठाकुरले टिकट नपाउने देखेर तत्काल प्रेस विज्ञप्ति नै जारी गरेर आपूm कुनै पार्टीमा प्रवेश नगरेको जनाएका थिए । पर्साको क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार सलिम मन्सुर रहेका छन् ।

माओवादीको भागमा परेको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि मन्सुरलाई उम्मेदवार बनाएको हो । उनी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य एवं जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका भाई र इण्डो नेपाल आँखा अस्पतालका संचालक पनि हुन् । त्यसैगरी वीरगन्ज महानगरपालिकामा बरिष्ठ अधिकृतको रुपमा कार्यरत शम्भु गुप्ता संसद बन्ने सपना बोकेर सरकारी जागिरबाट राजिनामा दिएर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । तर, उनलाई पार्टीले टिकट नदिएपछि तुरुन्त बाम गठबन्धनमा प्रवेश गरी पर्सा क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

उनी महानगरपालिकाको कर्मचारी मात्रै नभएर विभिन्न शिक्षण संस्था र सहकारी संस्थाका संचालक पनि हुन् । राजपा र संघीय समाजवादी फोरम नेपाल गठबन्धनबाट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा पनि ठेकेदार हरिनायारण रौनियारलाई उम्मेदवार बनाएको छ । उनी पप्पु कन्सट्रक्सनका संचालक हुन् । उनीमाथि स्थनीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप समेत लागेको छ ।


पोखरिया नगरपालिकाको मेयरका प्रत्यासी रहेका प्रदुम्न चौहान एमालेमै फर्किएका छन । रौनीयारले मेयर निर्वाचनमा गरेको घाताको बदला लिन उनी एमालेमा फर्किएको उनी निकटकाले बताउछन ।  पोखरिया नगरपालिकाको मेयरको निर्वाचनमा नेपाली कांग्रेसका मेयर उम्मेदवार रहेका भाई रामेश्वर रौनियारलाई सहयोग गरेर प्रद्युम्न चौहानलाई हराएको आरोप रौनीयारलाई लागेको छ ।

फोरममा प्रवेश गर्नु अघि उनी विभिन्न राजनीतिक दलहका शीर्ष नेताहरुसँग साँठगाँठ गरेर ठेक्का आफ्नो हातमा पार्ने गरेका थिए । उनले निर्माण गरेको विभिन्न स्थानको भौतिक संरचनाहरु कमसल हुने गरेकोले कालोसूचीमा समेत परिसकेका ठेकेदार हुन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.