logo

पर्सामा उद्योगी पूर्व कर्मचारीदेखी ठेकेदार सम्म उम्मेदवार

      11/3/2017 गते 00 00 मा प्रकाशित     1651   पटक पढिएको

वीरगन्ज, १७ कार्तिक । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिनेहरुमा उद्योगीदेखि पूर्व सरकारी कर्मचारी तथा ठेकेदारहरु पनि रहेका छन् । निकै सकसकाबीच उम्मेदवार चयन गरेका दलहरुले राजनीतिक विचार र सिद्धान्तलाई भन्दा पैसावालाहरुलाई बढी प्राथामिकतामा राखेर टिकट वितरण गरेका छन् ।

नेपाली कांग्रेसले भने विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका अनिल कुमार रुंगटालाई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । राप्रपासँग तालमेल गर्दा राजिव पराजुलीलाई टिकट दिने चर्चा चलेपछि कांग्रेस भित्र चर्को असन्तुष्टि चुलिएको थियो । रुंगटालाई नै टिकट दिनुपर्ने जिल्लादेखि केन्द्रसम्म दवाब भएपछि उनलाई टिकट दिईएको छ । उनी निवर्तमान सांसद पनि हुन् । नेपाली कांग्रेस पर्सामा यसपटक सबैलाई मिलाएर टिकट वितरण गरिएकोले क्षेत्र नम्बर १ मा अनिल रुंगटाले जित्ने निश्चित भएको कांग्रेस कार्यकर्ताहरुको दावी छ ।

नेपाली कांग्रेस भित्र सबै सग राम्रो सम्बन्ध रहेका नेता रुङटा कांग्रेस भित्रैबाट हुने अन्तरघातको मारमा नपर्ने आम बुझाई छ । लोकतन्त्रको संस्थागत बिकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्ने दिशामा क्रियाशील हुने उनको अठोट छ ।  बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनको नाममा यसपटक उद्योगी, व्यापारी, पूर्व कर्मचारी र ठेकेदारकिनारामा पारिएका छन । टिकट पाउनकै लागि पार्टी परिवर्तन गर्नेहरुका कारण लामो समयसम्म एउटै पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरु भने पाखा लगाईएपछि दलहरु भित्र चरम असन्तुष्टि पनि देखिएको छ ।

यद्यपि बाहिरी रुपमा भने उनीहरुले सहयोग गरिरहेका छन् । सबै राजनीतिक दलमा पैसावालाहरुलाई मात्रै भित्र्याउने एउटै प्रवृत्ति देखिएपछि कार्यकर्ताहरु पनि स्वतन्त्र रहनु बाहेक अर्को विकल्प नभएर तटष्थ बसेका छन् । पार्टी परिवर्तन गरेर उम्मेदवारी दिनेहरुमा सबैभन्दा बढी मधेस केन्द्रीत दलका नेताहरु देखिएका छन् । कोहीले भने स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएका छन् ।

पर्सा क्षेत्र नम्बर ४ को ख मा पूर्व नेविसंघका नेता एवं ठेकेदार सुरेश पटेललाई माओवादीले मनोनयन दर्ताको मिति भन्दा एकदिन अगाडि मात्रै पार्टीमा प्रवेश गराएर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । त्यस्तै मालपोत कार्यालयबाट सेवानिवृत्त भएका विध्याञ्चल ठाकुर पनि उम्मेदवार बन्नका लागि बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

पर्सा क्षेत्र नम्बर ३ को क बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य छोटेलाल प्रसाद यादवलाई दिईएको टिकट विध्याञ्चल ठाकुरलाई दिईने भनेर उनलाई बाम गठबन्धनमा प्रवेश गराएको भएपनि छोटेलाल यादवको टिकट परिवर्तन नहुने भएपछि ठाकुरले टिकट नपाउने देखेर तत्काल प्रेस विज्ञप्ति नै जारी गरेर आपूm कुनै पार्टीमा प्रवेश नगरेको जनाएका थिए । पर्साको क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार सलिम मन्सुर रहेका छन् ।

माओवादीको भागमा परेको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि मन्सुरलाई उम्मेदवार बनाएको हो । उनी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य एवं जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका भाई र इण्डो नेपाल आँखा अस्पतालका संचालक पनि हुन् । त्यसैगरी वीरगन्ज महानगरपालिकामा बरिष्ठ अधिकृतको रुपमा कार्यरत शम्भु गुप्ता संसद बन्ने सपना बोकेर सरकारी जागिरबाट राजिनामा दिएर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । तर, उनलाई पार्टीले टिकट नदिएपछि तुरुन्त बाम गठबन्धनमा प्रवेश गरी पर्सा क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

उनी महानगरपालिकाको कर्मचारी मात्रै नभएर विभिन्न शिक्षण संस्था र सहकारी संस्थाका संचालक पनि हुन् । राजपा र संघीय समाजवादी फोरम नेपाल गठबन्धनबाट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा पनि ठेकेदार हरिनायारण रौनियारलाई उम्मेदवार बनाएको छ । उनी पप्पु कन्सट्रक्सनका संचालक हुन् । उनीमाथि स्थनीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप समेत लागेको छ ।


पोखरिया नगरपालिकाको मेयरका प्रत्यासी रहेका प्रदुम्न चौहान एमालेमै फर्किएका छन । रौनीयारले मेयर निर्वाचनमा गरेको घाताको बदला लिन उनी एमालेमा फर्किएको उनी निकटकाले बताउछन ।  पोखरिया नगरपालिकाको मेयरको निर्वाचनमा नेपाली कांग्रेसका मेयर उम्मेदवार रहेका भाई रामेश्वर रौनियारलाई सहयोग गरेर प्रद्युम्न चौहानलाई हराएको आरोप रौनीयारलाई लागेको छ ।

फोरममा प्रवेश गर्नु अघि उनी विभिन्न राजनीतिक दलहका शीर्ष नेताहरुसँग साँठगाँठ गरेर ठेक्का आफ्नो हातमा पार्ने गरेका थिए । उनले निर्माण गरेको विभिन्न स्थानको भौतिक संरचनाहरु कमसल हुने गरेकोले कालोसूचीमा समेत परिसकेका ठेकेदार हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.