logo

नयाँ शक्तिको पत्ता साफ,पुरै कमिटी एमालेमा समाहित

      11/5/2017 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको

वीरगंज१९कार्तिक ।नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा पर्सा क्षेत्र नं ३ को “क”का प्रदेश सभाका उम्मेदवार नागेन्द्र चौधरीले देशलाई बिकासको गति दिन र स्थिर सरकार आवश्यकता रहेकोले बाम गठबन्धन गरिएको बताए । मधेसवादी दलले मधेसवादको जति वकालत गरेपनि उनीहरुको असली नियत के हो भन्ने कुरा मधेसी जनताले राम्ररी बुझेको बताए ।

मधेशमा आए एमाले मधेश बिरोधी पहाडमा आदीवासीको वीचमा गए एमाले आदीवासी बिरोधी एमाले हिमाली बिरोधी एमाले पूर्व पश्चिम बिरोधी जता गयो त्यता आरोपको थुप्रो तर स्थानीय तहको निर्वाचन मार्फत एमाले के हो भन्ने कुरा जनताले जवाफ दिएको बताए  ।

बाम गठबन्धन पर्साले आज अयोजना गरेको निर्वाचन परिचालनकार्यालयको उद्घाटन तथा वृहतपार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै नेता चौधरीले एमाले वास्तविक रुपमा मधेशी जनताको हिताको पार्टी भएको बताए । ।पोखरीया बजारमाआयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्यबलिराम साह सहित पार्टीका सम्पुर्ण टिम एमालेमा समाहित भएको थियो ।

एमालेको तर्फबाट पर्सा क्षेत्र नं.३ का उम्मेदवार एवं  पुर्व सांसद राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमलाई लोकतान्त्रि मधेसी संगठनका केन्द्रिय अध्यक्ष रघुबिर महासेठले बाम गठबन्ध भए देखि नेपाली काँग्रेस लगायत अन्य पार्टीहरुमा रुवावासी चलेको बताउनुभयो । मधेस आन्दोलनताका बेला एमाले बिरुद्ध फैलाईएका सवै भ्रमहरु मधेसी जनता बुझेकाले अहिले मधेसवादी दलहरुलाई मधेसमा गाह्रो भएको जानकारी दिए ।

 

नेता महासेठले एमाले नेतृत्वको सरकारले गरेका कामहरु  तथा मधेसमा बिनियोजित बजेटले पनि एमाले मधेसको बिकासमा तत्पर रहेको प्रस्ट पारेका थिए ।  क्षेत्र नं .३ का उम्मेदवार  राजकुमार गुप्ताले मधेसवादी दलहरु सता प्राप्तिको लागि मात्र  आन्दोलन गरेको छर्लङ्ग भएको प्रस्ट  पार्नु भयो । मधेस र मधेसीको  बिकासको लागि केपी शर्मा  ओलीको सरकारले मधेसको २०  जिल्लामा जनता अवास  कार्यक्रम मार्फत २० हजार घर निर्माण गरेको, सिमा क्षेत्र  बिकास अन्र्तगत तराईका  सिमावती क्षेत्रमा रकम बिनयोजित गरेको, समाजिक  सुरक्षा भत्तामा वृद्धि गरेको लगायत एमाले सरकारका महत्वपुर्ण  कामबारे चर्चागरे  ।

उनले विदेशी शक्तिलाई परास्त गर्न वामगठबन्ध गरिएको  जानकारी दिदै यस क्षेत्रको बिकासको लागि बाम गठबन्धनलाई जिताउ उनले आग्ह गरेका ।  उम्मेदवार गुप्ताले वृहत पोखरीया शहरको निर्माण तथा त्यस भेगको बिकासको लागि  आफूसंग दुरगामी योजना रहेको बताए ।
 

कार्यक्रममा पर्सा जिल्ला संयोजक प्रभु हजरा, पुर्व सभासद प्रद्युमन चौहान, बलिराम साह, पुर्व जिल्ला सभापति शम्भु चौरसिया,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य योगानन्द चौहान  चौहान लगायतकाले आ आफनो धारणा राख्नु ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण दिनेश चौहानले गरेका थिए । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.