logo

रुंगटाको पक्षमा यसरी उर्लियो जनलहर

      11/12/2017 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको


वीरगन्ज - गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले नया उत्साह थपिएको छ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ ।

डेढ महिना अगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा कांग्रेस पराजित भएपछि अहिले संसदीय चुनावमा जसरी भएपनि कांग्रेसलाई जीताउने अभियानमा कार्यकर्ता लागेका छन् ।

समाजमा राम्रो छवि बनाएका रुंगटाको उम्मेदवारीले दुई खेमामा विभाजित पर्सा कांग्रेस अहिले एकजुट भएका छन् । स्थानीय चुनावमा टिकट नपाएकाले रुष्ट भएका नेतापनि पुनः पार्टीमै फर्किएका छन् । कांग्रेसको पुरानो गढ रहेको पर्सामा कार्यकर्ता एकजुट भए जोसुकैलाई पराजित गर्न सक्ने राजनीतिक जानकार बताउछन् । वीरगन्जको मेयरमा संघीय समाजवादी फोरम विजयी भएपनि उपमेयरमा कांग्रेस फराकिलो मतले जीतेको थियो ।

महानगरपालिकाको कुल ३२ वडा मध्ये हाल पर्सा क्षेत्र नम्बर एकमा परेको १९ वटा वडामा उपमेयर कार्कीले मेयर विजय सरावगीको मत भन्दा झन्डै ७ सय मत बढी प्राप्त गरेको थिइन् । यसैवीच संसदीय चुनावका लागि रुंगटाले गत सातादेखि सुरु भएको घर दैलो अभियानमा हजारौले पार्टी प्रवेश गरिरहेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका रुंगटाले संसदीय विकास कोषको पैसाले नारायणी उपक्षेत्रीय अस्पतालको अपरेशन थियटरमा अतिआवश्यक सर्जिकल आइटम, अपागंलाई विह्लचेयर, गाउघरमा चापाकल लगायतका कार्य गरेका थिए ।

सांसदीय रकम वाहेक पनि जनताको आवश्यकता परेको बेला रुंगटाले सक्दो सहयोग गर्दै आएकाले उनको उम्मेदवारी परेपछि यस क्षेत्रको जनतामा खुशीयाली छाएको छ । कांग्रेस मात्र नभई एमाले, फोरम, राजपा लगायतका नेता र कार्यकर्तासंगपनि रुंगटाको राम्रो सम्बन्ध छ । रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक हुन् ।  

 





 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.