logo

बलात्कार आरोपीलाई नपक्रेको भन्दै पर्सा प्रहरी बिरुद्ध प्रर्दशन

      11/14/2017 गते 00 00 मा प्रकाशित     2050   पटक पढिएको


वीरगंज २८ कार्तिक  । 
बलात्कार आरोपीहरुलाई पक्राउ गर्न नसकेकोमा पर्सा प्रहरीको आलोचना हुन थालेको छ । बलात्कारका आरोपी राजनीतिक परिवारका सदस्य भएकोले प्रहरीले पक्राउ गर्न उत्सुकता नदेखाएको भन्दै आलोचना हुन थालेको हो । गत कार्तिक १२ गते पर्साको संखुवा प्रसौनी गाँउपालिका वडा ४ देउरवानाका एक किशोरीको सामुहिक बलात्कार भएको थियो । बलात्कारको घटनाको बिषयमा प्रहरीलाई जानकारी दिदा समेत प्रहरीले कुनै सक्रियता नदेखाएको स्थानीयले बताए ।
 प्रहरी सक्रिय नभएकै कारण उनीहरु लुक्न सफल भएको स्थानीयको भनाई छ । बलात्कार जस्तो जघन्य अपराधका आरोपीहरुले उन्मुक्ति पाएको भन्दै बीरगंज मंगलवार प्रहरी बिरुद्ध प्रर्दशन गरिएको छ ।
     घटनाको १६ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै बिरोध गरिएको हो । कार्यक्रममा बाम गठबन्धनका युवा नेता रहवर अन्सारीले कानून लागू गर्ने संस्थाको कमजोरीका कारण अपराधीहरुले उन्मुक्ति पाउनु ठिक नभएको बताए । उनले न्यायमा पीडित पक्षको पहुच स्थापित गर्न आफूले सहयोग गरिरहने प्रतिवद्धता जनाए । 
अर्का युवा नेता महमुद अन्सारीले प्रहरीको अर्कमन्यताको आलोचना गर्दै समाजमा अपराध गर्नेले शान देखाउने अवस्था आउने चेतावनीदिए । उनले न्याय मरेको छैन भन्ने कुरा स्थापित गर्न प्रहरीले तत्काल आरेपीहरुलाई गिरफतार गर्नु पर्ने बताए । अन्य वक्ताहरुले देशमा बलात्कारको घटना दिनदिनै बढदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले आरोपीले राजनीतिक संरक्षण पाएको आक्रोश ब्यक्त गरेका थिए ।
  राजनीति संरक्षणको कारण बलात्कारीको मनोबल बढदै गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए । समाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदी, बाम गठबन्धनका युवा नेताहरु फिरोज मन्सुर, अकलेश साह, रामकिसोर सिंह पराग, युवा नेता ओमप्रकास सर्राफ, नितेश वर्णवाल, मनिषा पटेल, आस्था उपाध्याय,बिशेषता उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.