logo

यातायात व्यावस्था कार्यालय वीरगन्जको वेथिति कहिले हट्ला ? १२ देखि १४ हजारमा स्कुटरको लाईसेन्स बेच्दै

      11/17/2017 गते 00 00 मा प्रकाशित     3031   पटक पढिएको


वीरगन्ज, १ मंसिर । सरकारी कर्मचारीहरुको रोजाईमा पर्ने कार्यालयहरु मध्य एक हो, यातायात व्यवस्था कार्यालय वीरगन्ज । सवारी चालक अनुमतिपत्र लिन जस्तो सुकै व्यावस्था लागू गरेपनि यातायात व्यावस्था कार्यालयमा हुने घुसखोरीको अन्त्य भने कहिल्यै हुन सकेन ।

सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनेहरुको संख्यामा भएको वृद्धिसँगै यातायात व्यवस्था कार्यालयमा पनि व्यापक घुसखोरी बढ्दै गएको छ । स्थानीय दलालहरु मार्फत मात्रै नभई कर्मचारीहरुको प्रत्यक्ष सेटिङ्गको आधारमा पनि लाईसेन्स वितरण हुने गरेको छ ।

कर्मचारीहरुले पनि आपूmलाई सहजताका लागि व्यक्तिगत रुपमा समेत कार्यालय भन्दा बाहिरका व्यक्तिलाई कर्मचारीका रुपमा खटाउने गरेका छन् । लाईसेन्स वितरणका लागि लामो समयसम्म आवेदन खुला नगरी राख्ने र आवेदन खुला गरेपछि पर्सा र बारा भन्दा बाहिरका मकवानपुर, चितवन, रौतहटका सेवाग्राहीसँग बढी सम्पर्कमा रहने र उनीहरुसँग लाईसेन्सका लागि मोलमोलाई गर्ने गरेको स्रोतले जनाएको छ । अहिले खुलेको स्कुटरको लाईसेन्स लिनका लागि मात्रै एकजनाले ८ जनासँग १२ हजारको दरले तय गरेको बुझिएको छ ।

“लाईसेन्स नबनाऊ दिनहुँजस्तो कहिले पाँच सय, कहिले एक हजारको चिट काट्नुपर्छ, जरिवानाबाट कमिसन पाउने भएपछि चिट काट्न ट्राफिक प्रहरी सधैँ तयार हुन्छन् । यता, लाईसेन्स बनाऊ १२ हजार नगद लिन कर्मचारी हतारोमा हुन्छ ।” पीडा छ हजुर पीडा’ - स्कुटरको लाईसेन्स लिन आएकी एक युवतीले भनिन् ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता सयौं युवा युवतीहरु अहिले लाईसेन्सको लागि यातायात व्यवस्था कार्यालयमा लाईनमा लाग्ने गरेका छन् ।

लाईसेन्स लिने सेवाग्राहीहरु धेरै भएपछि यातायात व्यवस्था कार्यालय नारायणीका कर्मचारीहरुलाई भने आर्थिक लाभको बाटो बन्ने गरेको छ । यातायात व्यवस्था कर्यालय नारायणीको लाईसेन्स वितरण गर्ने कार्यालयका प्रमुख विश्वराज नेपालले भने सेटिङ्गमा लाईसेन्स वितरण गर्ने कुरा झुठो भएको प्रतिक्रिया दिए ।

उनले प्रश्न गर्दै भने, “त्यस्तो कही हुन्छ र ? पैसा लिएर सेटिङ्गमा लाईसेन्स वितरण गर्ने काम हुदैन । जसले गर्छ त्यसको प्रमाण फेला परे कारवाही हुन्छ ।” स्कुटरको लाईसेन्स वितरण गर्ने काम तनावपूर्ण रहेको र कसैले त्यस्तो आरोप मात्रै लगाएको नेपालको दावी छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.