logo

यातायात व्यावस्था कार्यालय वीरगन्जको वेथिति कहिले हट्ला ? १२ देखि १४ हजारमा स्कुटरको लाईसेन्स बेच्दै

      11/17/2017 गते 00 00 मा प्रकाशित     2879   पटक पढिएको


वीरगन्ज, १ मंसिर । सरकारी कर्मचारीहरुको रोजाईमा पर्ने कार्यालयहरु मध्य एक हो, यातायात व्यवस्था कार्यालय वीरगन्ज । सवारी चालक अनुमतिपत्र लिन जस्तो सुकै व्यावस्था लागू गरेपनि यातायात व्यावस्था कार्यालयमा हुने घुसखोरीको अन्त्य भने कहिल्यै हुन सकेन ।

सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनेहरुको संख्यामा भएको वृद्धिसँगै यातायात व्यवस्था कार्यालयमा पनि व्यापक घुसखोरी बढ्दै गएको छ । स्थानीय दलालहरु मार्फत मात्रै नभई कर्मचारीहरुको प्रत्यक्ष सेटिङ्गको आधारमा पनि लाईसेन्स वितरण हुने गरेको छ ।

कर्मचारीहरुले पनि आपूmलाई सहजताका लागि व्यक्तिगत रुपमा समेत कार्यालय भन्दा बाहिरका व्यक्तिलाई कर्मचारीका रुपमा खटाउने गरेका छन् । लाईसेन्स वितरणका लागि लामो समयसम्म आवेदन खुला नगरी राख्ने र आवेदन खुला गरेपछि पर्सा र बारा भन्दा बाहिरका मकवानपुर, चितवन, रौतहटका सेवाग्राहीसँग बढी सम्पर्कमा रहने र उनीहरुसँग लाईसेन्सका लागि मोलमोलाई गर्ने गरेको स्रोतले जनाएको छ । अहिले खुलेको स्कुटरको लाईसेन्स लिनका लागि मात्रै एकजनाले ८ जनासँग १२ हजारको दरले तय गरेको बुझिएको छ ।

“लाईसेन्स नबनाऊ दिनहुँजस्तो कहिले पाँच सय, कहिले एक हजारको चिट काट्नुपर्छ, जरिवानाबाट कमिसन पाउने भएपछि चिट काट्न ट्राफिक प्रहरी सधैँ तयार हुन्छन् । यता, लाईसेन्स बनाऊ १२ हजार नगद लिन कर्मचारी हतारोमा हुन्छ ।” पीडा छ हजुर पीडा’ - स्कुटरको लाईसेन्स लिन आएकी एक युवतीले भनिन् ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता सयौं युवा युवतीहरु अहिले लाईसेन्सको लागि यातायात व्यवस्था कार्यालयमा लाईनमा लाग्ने गरेका छन् ।

लाईसेन्स लिने सेवाग्राहीहरु धेरै भएपछि यातायात व्यवस्था कार्यालय नारायणीका कर्मचारीहरुलाई भने आर्थिक लाभको बाटो बन्ने गरेको छ । यातायात व्यवस्था कर्यालय नारायणीको लाईसेन्स वितरण गर्ने कार्यालयका प्रमुख विश्वराज नेपालले भने सेटिङ्गमा लाईसेन्स वितरण गर्ने कुरा झुठो भएको प्रतिक्रिया दिए ।

उनले प्रश्न गर्दै भने, “त्यस्तो कही हुन्छ र ? पैसा लिएर सेटिङ्गमा लाईसेन्स वितरण गर्ने काम हुदैन । जसले गर्छ त्यसको प्रमाण फेला परे कारवाही हुन्छ ।” स्कुटरको लाईसेन्स वितरण गर्ने काम तनावपूर्ण रहेको र कसैले त्यस्तो आरोप मात्रै लगाएको नेपालको दावी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.