logo

कांग्रेसमा एकैदिन २ हजारभन्दा बढी प्रवेश

      11/18/2017 गते 00 00 मा प्रकाशित     1704   पटक पढिएको

वीरगन्ज – गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिदै जाँदा नयाँ उत्साह थपिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ । डेढ महिना अगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा कांग्रेस पराजित भएपछि अहिले संसदीय चुनावमा जसरी भएपनि कांग्रेसलाई जीताउने अभियानमा कार्यकर्ता लागेका छन् । रिसाएका नेता कार्यकर्ता त फर्किरहेकै छन्, समाजका अगुवा तटस्थ मतदाता र अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि ठूलो संख्यामा पार्टी प्रवेश गरिरहेका छन् । शनिबार मात्र २ हजार भन्दा बढी स्थानीयले कांग्रेसमा टिका र माला लगाएर प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभाको चुनाव नजिक्दै जादा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर निरन्तर बढदै गई रहेको छ । मुलुकलाई काग्रेस पार्टीले नै सहि दिशातर्फ लैजान सक्ने एक मात्र पार्टी रहेको हुनाले काग्रेसमा प्रवेश गर्नेको लहर बढदै गई रहेको छ । शनिबार मात्रै करिब २ हजार भन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका छन ।
नेपाली काग्रेसले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ र २१ मा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा स्थानिय निकायको चुनावमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिई झिनो मतबाट पराजित भएका व्यक्ति देखि लिएर वडाका चिर परिचित व्यक्तिहरु काग्रेसमा प्रवेश गरेका छन । वडा नम्बर १४ पिप्राका आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हालै सम्पन्न भएको स्थानिय निकायको चुनावमा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिई झिनोमतले पराजित भएका कृष्ण कुमार कुर्मी(भटराई) सहितका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका हुन् । एमाले निकट युथ फोर्सका जिल्ला सदस्य एव जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य राजेश पटेल, स्थानिय उद्योग पति अबुल खैर अंसारी, फोरम नेपालका महिपाल पटेल, स्थानिय अगुवा नेता पारस प्रसाद कुर्मी, अशोक प्रसाद कुर्मी, लक्ष्मी साह लगायतको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी महिला तथा युवा पुरुषहरु काग्रेसमा प्रवेश गरेका छन । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा डाडामा काग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी महिला पुरुषहरु काग्रेसका प्रवेश गरेका छन । भिस्वाका महिला अगुवा उषा पटेल, तारा लामा, सुनिता देवि, सिता श्रैष्ठ, उपेन्ऽ सिंह, अवधेश सिंह, बाबुलाल यादवको छुटाछुझ्ै नेतृत्वमा आएका सयौ महिला, पुरुष तथा युवाहरु काग्रेसमा प्रवेश गरेका छन ।
त्यसैगरी वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ नगवा र ईनर्वामा पनि आयोजना गरीएको छुटाछुझ्ै पार्टी प्रवेश कार्यक्रममा ५ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । नगवाका बुथ सभापती बाबुनन्द चौरसियाको नेतृत्वमा रहेका २ सय ५० भन्दा फोरम नेपाल, माओवादी, एमालेका नेता कार्यकर्ताहरु काग्रेसका प्रवेश गरेका हुन । यसैगरी ईनर्वामा स्थानिय निकायको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिई करिब एक सय भोटले पराजित भएका महमद असाब आलमको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका थिए । त्यसैगरी वडा नम्बर २१ परवानीपुरमा पनि बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष हबिब मियाको सभापतीत्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताहरुलाई काग्रेसमा भित्रियाएका हुन । नव प्रवेशिहरुलाई नेपाली काग्रेसका महिला नेतृ एव पूर्व उपसभामुख चित्रलेखा यादव, पार्टीका जिल्ला सभापती अजय चौरसिया, पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा, क बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, ख बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ तथा पार्टी नेताहरुले नव प्रवेशिलाई गम्छा ओढाई फुलमालाका लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।
रुंगटाको पक्षमा जनलहर
समाजमा राम्रो छवि बनाएका रुंगटाको उम्मेदवारीले दुई खेमामा विभाजित पर्सा कांग्रेस अहिले एकजुट भएका छन् । स्थानीय चुनावमा टिकट नपाएकाले रुष्ट भएका नेतापनि पुन: पार्टीमै फर्किएका छन् । कांग्रेसको पुरानो गढ रहेको पर्सामा कार्यकर्ता एकजुट भए जोसुकैलाई पराजित गर्न सक्ने राजनीतिक जानकार बताउँछन् । वीरगन्जको मेयरमा संघीय समाजवादी फोरम विजयी भएपनि उपमेयरमा कांग्रेस फराकिलो मतले जीतेको थियो । महानगरपालिकाको कुल ३२ वडा मध्ये हाल पर्सा क्षेत्र नम्बर एकमा परेको १९ वटा वडामा उपमेयर कार्कीले मेयर विजय सरावगीको मत भन्दा झन्डै ७ सय मत बढी प्राप्त गरेको थिइन् । यसैवीच संसदीय चुनावका लागि रुंगटाले गत सातादेखि सुरु भएको घर दैलो अभियानमा हजारौले पार्टी प्रवेश गरिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका रुंगटाले संसदीय विकास कोषको पैसाले नारायणी उपक्षेत्रीय अस्पतालको अपरेशन थियटरमा अतिआवश्यक सर्जिकल आइटम, अपागंलाई विह्लचेयर, गाउघरमा चापाकल लगायतका कार्य गरेका थिए । सांसदीय रकम वाहेक पनि जनताको आवश्यकता परेको बेला रुंगटाले सक्दो सहयोग गर्दै आएकाले उनको उम्मेदवारी परेपछि यस क्षेत्रको जनतामा खुशीयाली छाएको छ । कांग्रेस मात्र नभई एमाले, फोरम, राजपा लगायतका नेता र कार्यकर्तासंगपनि रुंगटाको राम्रो सम्बन्ध छ । रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक हुन् ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.