logo

कांग्रेसमा एकैदिन २ हजारभन्दा बढी प्रवेश

      11/18/2017 गते 00 00 मा प्रकाशित     1591   पटक पढिएको

वीरगन्ज – गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिदै जाँदा नयाँ उत्साह थपिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ । डेढ महिना अगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा कांग्रेस पराजित भएपछि अहिले संसदीय चुनावमा जसरी भएपनि कांग्रेसलाई जीताउने अभियानमा कार्यकर्ता लागेका छन् । रिसाएका नेता कार्यकर्ता त फर्किरहेकै छन्, समाजका अगुवा तटस्थ मतदाता र अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि ठूलो संख्यामा पार्टी प्रवेश गरिरहेका छन् । शनिबार मात्र २ हजार भन्दा बढी स्थानीयले कांग्रेसमा टिका र माला लगाएर प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभाको चुनाव नजिक्दै जादा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर निरन्तर बढदै गई रहेको छ । मुलुकलाई काग्रेस पार्टीले नै सहि दिशातर्फ लैजान सक्ने एक मात्र पार्टी रहेको हुनाले काग्रेसमा प्रवेश गर्नेको लहर बढदै गई रहेको छ । शनिबार मात्रै करिब २ हजार भन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका छन ।
नेपाली काग्रेसले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ र २१ मा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा स्थानिय निकायको चुनावमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिई झिनो मतबाट पराजित भएका व्यक्ति देखि लिएर वडाका चिर परिचित व्यक्तिहरु काग्रेसमा प्रवेश गरेका छन । वडा नम्बर १४ पिप्राका आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हालै सम्पन्न भएको स्थानिय निकायको चुनावमा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिई झिनोमतले पराजित भएका कृष्ण कुमार कुर्मी(भटराई) सहितका नेता कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका हुन् । एमाले निकट युथ फोर्सका जिल्ला सदस्य एव जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य राजेश पटेल, स्थानिय उद्योग पति अबुल खैर अंसारी, फोरम नेपालका महिपाल पटेल, स्थानिय अगुवा नेता पारस प्रसाद कुर्मी, अशोक प्रसाद कुर्मी, लक्ष्मी साह लगायतको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी महिला तथा युवा पुरुषहरु काग्रेसमा प्रवेश गरेका छन । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा डाडामा काग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी महिला पुरुषहरु काग्रेसका प्रवेश गरेका छन । भिस्वाका महिला अगुवा उषा पटेल, तारा लामा, सुनिता देवि, सिता श्रैष्ठ, उपेन्ऽ सिंह, अवधेश सिंह, बाबुलाल यादवको छुटाछुझ्ै नेतृत्वमा आएका सयौ महिला, पुरुष तथा युवाहरु काग्रेसमा प्रवेश गरेका छन ।
त्यसैगरी वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ नगवा र ईनर्वामा पनि आयोजना गरीएको छुटाछुझ्ै पार्टी प्रवेश कार्यक्रममा ५ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । नगवाका बुथ सभापती बाबुनन्द चौरसियाको नेतृत्वमा रहेका २ सय ५० भन्दा फोरम नेपाल, माओवादी, एमालेका नेता कार्यकर्ताहरु काग्रेसका प्रवेश गरेका हुन । यसैगरी ईनर्वामा स्थानिय निकायको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिई करिब एक सय भोटले पराजित भएका महमद असाब आलमको नेतृत्वमा रहेको करिब ५ सय भन्दा बढी कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेका थिए । त्यसैगरी वडा नम्बर २१ परवानीपुरमा पनि बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष हबिब मियाको सभापतीत्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताहरुलाई काग्रेसमा भित्रियाएका हुन । नव प्रवेशिहरुलाई नेपाली काग्रेसका महिला नेतृ एव पूर्व उपसभामुख चित्रलेखा यादव, पार्टीका जिल्ला सभापती अजय चौरसिया, पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा, क बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, ख बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ तथा पार्टी नेताहरुले नव प्रवेशिलाई गम्छा ओढाई फुलमालाका लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।
रुंगटाको पक्षमा जनलहर
समाजमा राम्रो छवि बनाएका रुंगटाको उम्मेदवारीले दुई खेमामा विभाजित पर्सा कांग्रेस अहिले एकजुट भएका छन् । स्थानीय चुनावमा टिकट नपाएकाले रुष्ट भएका नेतापनि पुन: पार्टीमै फर्किएका छन् । कांग्रेसको पुरानो गढ रहेको पर्सामा कार्यकर्ता एकजुट भए जोसुकैलाई पराजित गर्न सक्ने राजनीतिक जानकार बताउँछन् । वीरगन्जको मेयरमा संघीय समाजवादी फोरम विजयी भएपनि उपमेयरमा कांग्रेस फराकिलो मतले जीतेको थियो । महानगरपालिकाको कुल ३२ वडा मध्ये हाल पर्सा क्षेत्र नम्बर एकमा परेको १९ वटा वडामा उपमेयर कार्कीले मेयर विजय सरावगीको मत भन्दा झन्डै ७ सय मत बढी प्राप्त गरेको थिइन् । यसैवीच संसदीय चुनावका लागि रुंगटाले गत सातादेखि सुरु भएको घर दैलो अभियानमा हजारौले पार्टी प्रवेश गरिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका रुंगटाले संसदीय विकास कोषको पैसाले नारायणी उपक्षेत्रीय अस्पतालको अपरेशन थियटरमा अतिआवश्यक सर्जिकल आइटम, अपागंलाई विह्लचेयर, गाउघरमा चापाकल लगायतका कार्य गरेका थिए । सांसदीय रकम वाहेक पनि जनताको आवश्यकता परेको बेला रुंगटाले सक्दो सहयोग गर्दै आएकाले उनको उम्मेदवारी परेपछि यस क्षेत्रको जनतामा खुशीयाली छाएको छ । कांग्रेस मात्र नभई एमाले, फोरम, राजपा लगायतका नेता र कार्यकर्तासंगपनि रुंगटाको राम्रो सम्बन्ध छ । रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक हुन् ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.