logo

ठेकेदार रौनीयारको ग्राफ गिर्दो काला कर्तुतहरुको पोल खुल्दै

      11/19/2017 गते 00 00 मा प्रकाशित     1592   पटक पढिएको

बीरगंज ३ मंसिर ।
राज्यले दण्डीत गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनियारको बिकासे मुद्धा फेल खादै छ । बिकासको सपना बाड्ने रौनीयारले बिभिन्न तिकडम गरेर राज्यको करिब १३ अर्व रुपैया होल्ड गरेको कुरा सार्वजनीक हुन थालेपछि उनको ग्राफ ओरालो लागेको छ ।
 बिकासको सपना बाडेका रौनीयार आफै बिकासको पैसा कुम्ल्याएर बसेको चालपाएपछि उनीप्रतिको आकर्षण सकिएको छ । पर्सा जिल्लामा मात्रै उनले बीरगंज पोखरिया सडक,जीतपुर रंगपुर सडक, बीरगंजको बसपार्क, हुलाकी सडक खण्डका केही पुल ,मिलनचोक देखी लालपर्सा सम्मको सडक निर्माण,आदर्शचोक देख आइसीपी सम्म सम्म जोडने बाटो सम्मको ६ लेन सडक निर्माणको ठेक्का उनैले लिएका छन । 
त्यसमा केही साझेदार (जोइन्ट भेन्चर) मा छन् ।

मिलनचोक खण्डको सडक भत्कि सकेको छ । पोखरिया देखी पश्चिमको सडक ग्राभेल गर्दा स्थानीयले उनी बिरुद्ध गरेको आन्दोलन आजै पनि ताजै छ । रौनीयार बिरुद्ध देशभरि जताततै आन्दोलन मात्रै भएको छ । उनी ठेक्का लिइ मोविलाइजेशनको पैसा लिने गर्छन् । आयोजना स्थलका बासिन्दालाई आफै उकासेर आन्दोलन गर्न लगाई त्यसैलाई अधार बनाएर अवरोध भयो भन्दै निर्माण काम रोकेर बस्ने गरेका छन् । पप्पु कन्ट्रक्शनले कुनै पनि आयोजना आफूले कवुल गरेको समयमा निर्माण सम्पन्न गरेको रेकर्ड नै भौतिक तथा पूर्वाधार मंत्रालयमा नरहेको मंत्रालयले जनाएको छ । 


रौनीयारले नेपालको एक वर्षको बजेट भन्दा बढी रकम १३ अर्व होल्ड गरेर बिकास निर्माणको काम अवरुद्ध गरेका छन । तिनै मान्छे यतिवेला पर्साको क्षेत्र नं ३ का सोझा साझा जनतालाई बिकास गर्छु भन्दै झूक्याउने काममा तल्लीन छन । इस्टिमेट भन्दा कमशल र गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको भन्दै उनको कामका बिरुद्ध तीन दिन अगाडि मात्रै बीरगंज महानगरको उत्तरी क्षेत्रको जनतारोडमा स्थानीयले उनी बिरुद्ध प्रर्दशन गरेका थिए ।

आज भन्दा दुईबर्ष अघि नै निर्माण भईसक्ने वीरगन्जको अत्याधुनिक बसपार्कको ठेक्का पनि आपूmले नपाएपछि मुद्दा हालेर आयोजना नै फिर्ता गराएका थिए । त्यतिबेलादेखि नै विकास विरोधीको रुपमा चिनिएका रौनियार अहिले भने विकास गर्छु भन्दै मतदाताहरुसँग हात जोडेर मत मागिरहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.