logo

वीरगन्जको सडकमा चौपायाको रजाई, मेयर चुनावी अभियानमा व्यस्त

      11/24/2017 गते 00 00 मा प्रकाशित     2758   पटक पढिएको


वीरगन्ज-वीरगन्ज महानगरपालिको मूख्य सडकमा अहिले छाडा चौपायाको रजाई भएको छ । घन्टाघर, माईस्थान, आर्मी व्यारेक, पानी ट्यांकी, मुर्ली, आदर्शनगर लगायतका क्षेत्रको मूख्य सडकमा विहान १० बजेदेखि साझ अबेरसम्म चौपाया (गाईवस्तु) बस्ने गरेका छन् । मूख्य सडकमा लगाइएको रुख विरुवा समेत नष्ट हुन थालेका छन् । गाइवस्तुका कारण सा“घुरो सडकमा सवारी चलाउन कठिनाई हुने गरेको नगरवासीले गुनासो गरेका छन् ।

मूख्य सडकमै गाईवस्तु झुन्डमा बसिदिने गरेकाले ट्राफिक जाम समेत बढेको छ । ट्राफिक जाम मात्र नभई गाईवस्तु एकआपसमा एक्काशी झगडा गर्दा सवारी दुर्घटना समेत बढेको छ । ट्राफिक प्रहरी कार्यालयले महानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न नसक्दा वीरगन्ज नगरको ट्राफिक व्यवस्थापनमा कठिनाई उत्पन्न भएको जानकारी दिएको छ । घन्टाघर अगाडिको मूख्य सडकमा चौपाया बसेको तस्बिर सहित सामाजिक सञ्जालमा केही युवाले विरोध जनाएपनि चौपाया नियन्त्रणको जिम्मा पाएको वीरगन्ज महानगरपालिकाले कानमा तेल हालेर बसेको छ । 

साढे दुई महिना अघि मात्र सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका विजय सरावगीले आफ्नो चुनावी अभियानमा नेताहरुले ५० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने भन्दै आएका थिए । उनको वचनलाई विश्वास गरी मत हालेका वीरगन्जवासी अहिले पछुताई रहेका छन् । विकासको अनेक गफ दिने मेयरले सडकमा छाडा चौपायालाई समेत नियन्त्रण गर्न सकेका छैन् ।



तिनै मेयर अहिले संसदीय निर्वाचनमा आफ्नो दलको उम्मेदवारको पक्षमा प्रचार गर्दै गरेकोमा वीरगन्जवासी अलमलमा परेका छन् । ‘मेयरको सपत ग्रहण गरेको २ महिना बितिनै लाग्दापनि नगरमा परिवर्तन देखिने गरी केही काम समेत नगरेको मान्छेको चुनावी गफ फेरि किन पत्याउनु,’ रानीघाटका समेत युवा मनोज पटेल प्रश्न गर्छन्, ‘जुन जोगी आएपनि कानै चिरेका ।’ 

मेयर विजय सरावगी अहिले वीरगन्ज महानगरपालिका कार्यालयको काम चुस्त दुरुस्त बनाउनुपर्नेमा चुनावी दौडाहामा व्यस्त छन् । ‘उनी एउटा दलको मात्र मेयर हैनन्,’ इनर्वाका उमेश यादव भन्छन्, ‘उनलाई वीरगन्जवासीले जिताएका हुन् ।’ संघीय समाजवादी फोरमको मात्र मेयर भएको भए सोही पार्टीका उपमेयरका उम्मेदवार पिन्की यादवपनि विजयी हुन्थीन् । उपमेयरमा कांग्रेसकी शान्ति कार्की विजय भइन् ।

फोरम जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवकी श्रीमति पिन्की यादवलाई ठूलो मतान्तरले हराउदै कार्की उपमेयरमा बिजयी भएकी हुन् । प्रदीप यादवको विगतको छवि र पार्टीमा हैकमवादकै कारण पूर्व शिक्ष्ँीका रहेकी पिन्की यादव उपमेयरमा पराजित भएको वीरगन्जमा व्यापाक चर्चा हुन थालेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.