logo

सरावगीप्रति फोरम भित्रै अविश्वास रुंगटासंगको सम्बन्ध विगार्ने प्रयास

      11/24/2017 गते 00 00 मा प्रकाशित     3437   पटक पढिएको


वीरगन्ज, ८ मंसिर । विजय सरावगी र अनिल रुंगटा दुवैजना वीरगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । पछिल्लो समयमा दुवैजना राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । व्यापारिक घरानाबाट राजनीतिमा आएका दुवैजना अहिले अलग अलग पार्टीमा रहेका छन् । सरावगी संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष तथा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वीरगन्ज महानगरको मेयरमा पनि निर्वाचित भएका छन् ।

रुंगटा यसअघिको संविधानसभामा सामानुपातिक तर्फबाट सांसद रहेका थिए । रुंगटा विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका छन् । सरावगी भने कहिले कांग्रेस, कहिले माओवादी नजिक रहेका थिए । २०७३ साल चैतमा उनी संघीय समाजवादी फोरम नेपालमा औपचारिक रुपमा प्रवेश गरेर राजनीतिक यात्रा शुरु गरेका हुन् । उनी वीरगन्जको मेयर बन्नकै लागि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

रुंगटा र सरावगी दुवै एउटै (मारवाडी) समुदायका हुन् । राजनीतिक हिसाबले अलग विचारका भएपनि उनीहरुको जातीय हिसाबले सम्बन्ध राम्रै रहेको छ । तर, मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा भने यी दुवै व्यवसायी र नेताको सम्बन्ध विगार्न सरावगीको पार्टी नै लागेको छ । सरावगी र रुंगटाबीचको सम्बन्ध विगार्नका लागि सरावगीले बोल्दै नबोलको कुरा अहिले संघीय समाजवादी फोरम नेपालको इमेलबाट समाचार पठाएर उनीहरुबीचको सम्बन्धालाई विगार्न खोजिएको देखिएको छ ।

अनिल रुंगटा प्रतिनिधिसभा निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । सरावगी उनको पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाटै उम्मेदवार रहेका प्रदीप यादवलाई जिताउन अभियानमा लागेका छन् । फोरम नेपालको इमेलबाट आएको “बहुरुपिया अनिल रुंगटाबाट सावधान रहन मेयर सरावगीको अनुरोध” शीर्षकको सामाचारमा सरावगीले कहि कतै त्यस्तो नबोलेको स्पष्ट पारेको स्रोतको भनाई छ ।

यसले दुवैजनाबीचको सम्बन्धलाई विगार्न खोजिएको मात्र छैन मेयर बीरगंज प्रति अबिश्वास समेत गरिएको छ । मेयर विजय सरावगी अहिले वीरगन्ज महानगरपालिका कार्यालयको काम चुस्त दुरुस्त बनाउनुपर्नेमा चुनावी दौडाहामा व्यस्त छन् तर उनको यो दौडाह प्रति उनकै पार्टीका नेताहरुको बिश्वास छैन । त्यही अविश्वासका कारण फोरम नेपालको इमेलबाट “बहुरुपिया अनिल रुंगटाबाट सावधान रहन मेयर सरावगीको अनुरोध” शीर्षकको सामाचारमा सार्वजनीक गरिएको छ, ।

‘उनी एउटा दलको मात्र मेयर हैनन्,’ इनर्वाका उमेश यादव भन्छन्, ‘उनलाई वीरगन्जवासीले जिताएका हुन् ।’ संघीय समाजवादी फोरमको मात्र मेयर भएको भए सोही पार्टीका उपमेयरका उम्मेदवार पिन्की यादवपनि विजयी हुन्थीन् । उपमेयरमा कांग्रेसकी शान्ति कार्की विजय भइन् । फोरम जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवकी श्रीमती पिन्की यादवलाई ठूलो मतान्तरले हराउदै कार्की उपमेयरमा बिजयी भएकी हुन् ।

प्रदीप यादवको विगतको छवि र पार्टीमा हैकमवादकै कारण पूर्व शिक्षीका रहेकी पिन्की यादव उपमेयरमा पराजित भएको वीरगन्जमा व्यापाक चर्चा हुन थालेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.