logo

आत्मबल कमजोर भएपछि विदेशी सांसदको सहारा

      11/25/2017 गते 00 00 मा प्रकाशित     2805   पटक पढिएको


वीरगन्ज - पछिल्लो केही दिनयता पर्सा क्षेत्र नम्बर एकमा भारतीय जनता पार्टीका एक सांसद चुनावी प्रचारमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालबाट पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवको चुनावी सभामा भारतीय जनता पार्टी (भाजपा) का मुज्जफरपुरका सांसद अजय निसाद सहभागि भएका छन् । वीरगन्ज महानगरपालिका १८ सुखचैनामा सम्पन्न भएको रात्री सभामा सांसद निसाद संग राष्ट्रिय जनता दलका साविर हुसेनको पनि उपस्थिती रहेको थियो ।

सांसद निसाद र नेता हुसेनले यादवलाई भोट दिन आह्वान गरेका थिए । सुखचैनाका भद्रभलादमीले विदेशी सांसदले एउटा उम्मेदवारको पक्षमा भोट मागेको देखेर छक्क परेका थिए । हाम्रो उम्मेदवार कस्तो हुनुपर्छ भन्ने भारतीय सांसदले हामीलाई सिकाउनु पर्दैन्, सुखचैनाका उमेश पटेलले भने, हामी हाम्रो सार्वभौममिकता प्रयोग गर्न सक्षम छौँ ।

वैदेशिक प्रभाव प्रयोग गरि जनताको मनोविज्ञानलाई प्रभावित पार्ने षडयन्त्रको विरोधमा स्वाभिमानी जनताले आफ्नो मतको सदुपयोग गर्छन् । 

सुखचैनाका स्थानीय मात्र नभई सामाजिक सञ्जालमा समेत विदेशी सांसदको चुनावी प्रचारको व्यापक विरोध भएको छ । रवि तिवारीले आफ्नो फेसबुक स्टेटसम व्यगं गर्दै लेखेका छन् - ‘अब चुनाव प्रचारको लागि केही दिन भित्र लालु प्रसाद जी आउदै हुनुहुन्छ कृपया सहभागी भै दिनु होला हामी छिट्टै विहार बनाउन तिर अग्रसर छौ तपाईहरुको सानो सहयोग चाहिएको छ ।’ उक्त स्टेटस १ सय १५ जनाले लाइक गरेका छन् भने दर्जन भन्दा बढी कमेन्टस आएको छ ।

फोरमबाटै वीरगन्ज महानगरपालिकाको मेयरमा विजयी भएका विजय सरावगीले आफ्नो नीजि सवारीमा ‘मेयर वीरगन्ज’को नेम प्लेट नै लगाएका छन् । उक्त कार्यको पनि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । नेपालमा सम्भवत पहिलो पटक सवारीमा पद किटान गरी मेयर सरावगीले प्रयोग गरेका हुन् । विहार र उत्तर प्रदेशमा मुखिया, मेयर, पूर्व सैनिक जस्ता पदका नेम प्लेट व्यापक देखिन्छन् ।

सरावगी र प्रदीप यादवले वीरगन्जलाई विहारीकरणको पथमा लगेको भन्दै वीरगन्जवासी चिन्तित बनेका छन् । यता अन्य राजनीतिक दलले विदेशी सांसदको यहाको चुनावी प्रचारमा भएको सहभागिताको चर्को आलोचना गरेका छन् । कांग्रेसका जिल्ला सभापति अजय द्धिवेदीले विदेशी हस्तक्षेपको पराकाष्टाको संज्ञा दिएका छन् । एमालेका जिल्ला इन्चार्ज प्रभु हजाराले नेपालको चुनावी प्रचारमा भारतीय सांसद भाषण गर्दै हिड्ने ठीक नभएको बताए । उनले भने, ‘यसलाई निर्वाचन आयोगले निगरानी गनुपर्छ ।’ 
 

राजनीतिक जानकारले क्षेत्र नम्बर एकमा कांग्रेसको उम्मेदवार अनिल कुमार रुंगटाको पक्षमा बढ्दो जन लहरले विपक्षी दलका उम्मेदवार आत्तिएर विदेशीको प्रभाव देखाएको टिप्पणी गरेका छन् । ‘विदेशी सांसदको आदेश मानेर जनताले भोट दिने हैन्,’ ती जानकार भन्छन् - ‘वीरगन्जलाई विहारीकरण हुन दिदैनौँ ।’ रुंगटाको उम्मेदवारी पछि स्थानीय तहको चुनाव ताका कांग्रेसमा देखिएको मनमुटाव र अन्तरघात समाप्त भइसकेको छ ।

सबै कांग्रेसजन एकजुट भएर समाजमा असल छवि बनाएका अनिल रुंगटा जिताउ अभियानमा लागेका छन् । विकास र रोजगारीको एजेन्डा लिएर चुनावी मैदानमा होमिएका रुंगटाको पक्षमा कांग्रेसजन मात्र नभई तटस्थ र सचेत मतदाता समेत एकजुट भएका छन् । ‘व्यापारिक र आर्थिक नगरी वीरगन्जलाई एक असल समाजसेवी नेताको खाँचो छ,’ रामदरस चौरसिया भन्छन् ‘आन्दोलनलाई पैसासँग मोलमोलाई गर्ने नेता चाहिन्न् ।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.