logo

मापसे प्रवद्र्धन गर्दै प्रहरी, मेयरको दबाबमा वर्णवाल छुटे

      11/26/2017 गते 00 00 मा प्रकाशित     2696   पटक पढिएको


वीरगन्ज १० मंसिर । सडक दुर्घटना न्युनीकरण गर्न नेपाल प्रहरीले मुलुकभर मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही अभियान चलाएको छ । पर्सामा भने प्रहरीले मापसे गरी सवारी साधन चलाउनेलाई प्रोत्साहन गर्दै आएको पाइएको छ ।

मापसे गरी मोटरसाइकल दुर्घटनामा परि दुई महिना अगाडि मात्र वीरगन्जका युवा अमित तिवारीको सुरेश आयल अगाडि रोकिराखेको मिनी ट्रकमा ठक्कर दिदा मृत्यू भएको थियो ।

तिवारीको प्रहरीसंग राम्रो सम्बन्ध थियो । दुर्घटना हुने रातिपनि उनी जिल्ला प्रहरी कार्यालय अगाडि दुई जना इन्सपेक्टरलाई भेट गरि फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

अत्यधिक मदिरा सेवन गरेका तिवारीले हेल्मेट समेत लगाएका थिएनन् । त्यो राती प्रहरीले उनलाई नियन्त्रणमा लिएर सचेत गराएको भए त्यो दुखद दुर्घटना हुदैन्थ्यो । 

शनिबार राती वीरगन्जको पानीट्यांकी अगाडिको मूख्य सडकमा राती करिब १० बजे मुर्ली चोक तर्फबाट घन्टाघर तिर तीव्र गतिमा गइरहेको एउटा कार अनियन्त्रीत भई डिभाइडर माथि चढेको थियो । बा १७ च ५००७ नम्बरको उक्त गाडी संघीय समाजवादी फोरम नेपालका जिल्ला कोषाध्यक्ष रविन्द्र वर्णवालले चलाइरहेका थिए ।

गाडीमा अत्यधिक क्षति भएको छ भने डिभाइडरमा रोपिएको रुख विरुवाहरु ढालिएका छन् । रडहरु भाचिएका छन् ।

पानीट्यांकीका स्थानीयहरु उद्धार गर्न पुग्दा अत्यधिक मदिरा सेवन गरेका वर्णवाल नशामा धुत थिए । दुर्घटनास्थल अगाडिनै घर भएका पत्रकार अमित अग्रवालले दुर्घटनाको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । 

अग्रवालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरी सहायक निरीक्षकको टोलीले वर्णवाललाई नियन्त्रण लिदा उनी हिड्न पनि सक्ने अवस्थामा थिएनन । खुट्टा नटेक्ने गरी रक्सी सेवन गरेका वर्णवाललाई पर्साका एसपी डा. गणेश रेग्मीले वीरगन्ज महानगरपालिकाका मेयर विजयी सरावगीको दबाबमा जिल्ला पुगेको केही बेरमै छाडेका थिए ।

एसपी रेग्मीले वर्णवालले मदिरा सेवन नगरेकाले राती नै छाडिएको दाबी गरेतापनि उनले वर्णवालको मेडिकल रिर्पोट भने गराएका छैनन् । वर्णवाललाई प्रहरीले एकरात राखेको भए उनीमा सुधार आउने थियो । कम्तीमा सवारी चलाउदा रक्सी सेवन गर्न हुदैन भन्ने ज्ञात हुन्थ्यो । तर वर्णवालले शक्तिको आडमा बिना कुनै नसिहत उन्मुक्ति पाएका छन ।

शक्तिको दम्भमा परेर भोलीका दिनमा रक्सी सेवन गरेर सवारी चलाएर उनी ठुलै दुर्घटनामा परे भने त्यसको जावफदेही कसले लेला ? दुर्घटना भएपछि जोसुकैको पनि सरकारी अस्पतालबाट मेडिकल रिर्पोट गराउनु पर्ने भएपनि प्रहरीले वर्णवाललाई अस्पताल नलगि मेयरको दबाबमा छाडेको हो ।

सरावगी निकट मानिने वर्णवाल मेयरको चुनावमा आर्थिक बाडफाडको काम सम्हालेका थिए । वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका वर्णवाल मेयर सरावगीका बिजनेस पार्टनर पनि हुन् । वर्णवालकी श्रीमती रागिनी देवी वर्णवाल संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रदेश सभाको समानुपातिक सांसदमा सिफारिस भएको छिन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.