logo

तर्कले नसकेपछि हुलहुज्जतमा उत्रे फोरमका कार्यकर्ता

      11/27/2017 गते 00 00 मा प्रकाशित     3603   पटक पढिएको


वीरगन्ज ११ मंसिर । वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दीर अगाडि सोमबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता हुलहुज्जतमा उत्रे । 
क्लबका अध्यक्ष ऋषि धमलाले सञ्चालन गरेको उक्त साक्षात्कार कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसका अनिल कुमार रुंगटा, वाम गठबन्धनका विचारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव लगायतका उम्मेदवार सहभागि भएको उक्त साक्षात्कारमा युवा र भद्रभलादमीको राम्रो उपस्थित रहेको थियो ।

कांग्रेस र एमालेका उम्मेदवार सिमित सहयोगीका साथ आएका थिए भने फोरमका यादव युवाको ठूलै जमात लिएर साक्षात्कारमा अरुको तर्क र विचारलाई निषेध गर्ने योजनावद्ध तरिकाले आएका थिए । 

सुरुमा प्रत्येक उम्मेदवारले आफ्नो उम्मेदवारी र एजेन्डा बारे आफना धारणा कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । हुलहुज्जतमा फोरम कार्यकर्ताहरुले अरु पार्टीका उम्मेदवारलाई बोल्नै नदिने तथा बुरुक्क बुरुक्क उठेर होहल्ल्ला गरेका थिए । फोरमका युवा कार्यकर्तालाई संयमित भइदिन रिपोटर्स क्लबका अध्यक्ष धमलालाई धौ धौ परेको थियो । 

उम्मेदवारको बोल्ने समय सकेपछि फ्लोर ओपन गरिएको थियो । प्रश्न सोधेपछि उम्मेदवारले उत्तर दिन नपाउँदै फोरमका कार्यकर्ताले कुर्सीबाट होहल्ला गर्दै उत्तर दिने उम्मेदवारलाई बोल्नबाट रोकिरहेका थिए । उक्त क्रियाकलापले साक्षात्कार र माईस्थान वरिपरि उभेका वीरगन्जवासी चकित बनेका थिए ।

‘जीत्न नपाउँदै यस्तो गुन्डागर्दी छ,’ गहवाका राकेश यादवले भने, ‘केही गरि जित्यो भने त असल व्यक्तिलाई सडकमा हिँडडुल गर्न पनि दिँदैनन् ।’

फोरमका कार्यकर्ताहरुको उच्छश्रृखंल गतिविधि पटक पटक दोहोरिएपछि त्यहा रहेका अधिकांश भद्रभलादमी साक्षात्कार कार्यक्रम छाडेर हिँडेका थिए ।

कांग्रेसका अनिल कुमार रुंगटाले भने, ‘वीरगन्जको समग्र विकास र युवा रोजगारीको लागि मेरो उम्मेदवारी हो, युवाहरुको सहि व्यवस्थापनले नै समाजबाट गुन्डाराज अन्त्य हुन्छ ।’ उद्योग व्यवसायमा सफल अनिल रुंगटाले अबको लडाई गरिबी अन्त्यको लागि रहेको बताए ।

वामगठबन्धनका उम्मेदवार विचारी यादवले विदेशी सांसदलाई घरदैलोमा ल्याएर चुनाव नजित्ने दाबी गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.