बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेशप्रेम पनि नक्कली भएको खुलाशा भएको छ ।
६ साउन २०७४ मा मध्य पश्चिम क्षेत्रीय सडक निर्देशनालय नेपालंगजले ५ करोड ५० लाख हर्जाना ठोकेको रौनीयारको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनले धेरै जसो निर्माणको ठेक्क मधेशमै लिएको छ । मधेशमा जनताको हितको कुरा गर्ने ठेकेदार रौनीयारले ठेक्का परेपछिको मोवलाइजेशन रकम भूक्तानी लिएर मोज गर्छन । पर्साको क्षेत्र नं ३मा गएर मधेशी जनतामाथि बिभेद भयो भन्छन तर उनले मेधशी जनताले पाउने सुविधा आफै बन्चित गरेर राखेका छन ।
५ करोड हजर्ना तिर्नु पर्नेगरि नराम्रो काम रौनीयारले नेपालगंजमा गरेका हुन के त्यो मधेशमा पर्दैन देउरवानाका समसुदिनले प्रश्न गरे । के त्याहाको बाटोको प्रयोग मधेशी जनताले गर्दैनन उनले भने रौनीयार जनता झूक्याउन आएका हुन हामीलाई सबै कुरा पत्ता छ । पूर्व पश्चिमका अनेकौ ठेक्का लिएका छन पर्सामै उनको धेरै ठेक्का छ । निर्माण गर्दैनन गरे पनि गुणस्तर हुदैन ।
धुनषा जिल्ला भएर बग्ने कमला नदीको पूलको ठेक्का रौनीयारले ०६८ सालमा लिएका हुन । ४ सय ५० मिटर लामो पूलको ठेक्का लिएको ६ वर्ष बित्दा समेत ५० प्रतिशत पनि काम भएको छैन । २२ करोड ४ लाखको लागतमा निर्माण हुने ठेक्काको पटक पटक म्याद थप गरेर २०७३ मंसिरमा हस्तान्तरण गर्ने तय भएपनि रौनीयार बेपत्ता भएका छन । यो मधेशमा पर्दैन ? मधेशी जनताको हित सम्मान र पहिचान दिलाउने रौनीयारलाई हेक्का छ की छैन मतदाताले प्रश्न गरिरहेका छन ।
बाँके जिल्लामा बघौडा भन्ने गाउँ छ । त्यो गाउँ बुझनका निम्ति “हुम्ला जुम्ला” भन्यो भने सहजै बुझ्न सकिन्छ ।
त्यती बिकट ठाउँ जाहा आज पनि भारतीय मुद्रा चल्छ । यातायात सुविधा नचलेकै कारण यस्तो अब्यवस्था सहनु परेको त्याहाका जनतापनि मधेशी नै हुन । सडक यातायात बनाउनकालागि मिटर चौडा ४४ किमी सडक कालोपत्रे गर्नु पर्नेमा ठेक्कार सकार गरेर रौनीयार बेपत्ता भएका छन । ३२ प्रतिशत कममा ठेक्का सकार गरेका रौनीयारकै कारण त्यस क्षेत्रका जनताले राम्रो बाटोमा हिडन पाएका छैनन । त्यो पनि मधेश नै हो ।
रौनीयारले पर्सामा समेत आफनो प्रतिष्ठाको ख्याल गरेनन । देशब्यापी रुपमा पर्साको समेत बदनाम गराएका रौनीयारले पर्सामा पनि थुप्रै योजना होल्डगरेका छन । तर निर्माण काम भएको छैन । जनताले तिरेको करको रकम मोवीलाइजेशनको नाममा लिएर भाग्ने गरेका रौनीयार पटक पटक दण्डीत समेत भएका छन । मधेशी जनताको प्रगती बाधकका रुपमा रहेका ठेकेदार रौनीयारले जनतालाई झूक्याउन नसक्ने भएपछि पेसाको छेलोखेलो शुरु गरेका छन ।
तपाईको प्रतिक्रिया