logo

रौनीयारको उद्धेश्य निर्माण गर्नु थिएन वाहवाही लुटनु थियो

      12/4/2017 गते 00 00 मा प्रकाशित     1605   पटक पढिएको

बीरगंज १८ मंसिर ।
देश बिनासका एक जना  सम्वाहक हरिनारायण रौनीयार मधेश आन्दोलनका शहीदको फोटो देखाउदै भोट माग्दै छन । पर्साको क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार रहेका रौनीयारले आफू आन्दोलनकारी भएको बताउदै यस्तो गरेका हुन । तर त्यस क्षेत्रका मतदाताले आन्दोलनमा रौनीयारलाई कहिले पनि नदेखेको बताउन थालेका छन । शहीको फोटो लिएर भोट माग्न हिडेका रौनीयारलाई मतदाताले आन्दोलनको बेलामा “काहा थियौ” भनेर सोध्ने गरेका छन । 

 


    ०७३ चैतमा फोरम नेपालमा प्रवेश गरेका रौनीयार त्यो भन्दा अगाडि नेपाली कांग्रेसमा थिए । मधेशमा युवाहरुलाई गोली लाग्दा सुशील कोइरालाको सरकार थियो र रौनीयार त्यही पार्टीमा थिए । तर अहिले उनी तिनै शहीदको फोटो देखाएर भोट तान्ने अभियानमा लागेका छन । रौनीयारले देशकै“क” श्रेणीेको ठेकेदार भएर राष्ट्रको पैसा त होल्ड गरेकै थिए । बिकासको प्रतिफल पाउने जनताको अधिकार त खोसकै थिए ।अहिले शहीदको फोटो देखाएर आफनो स्वार्थ पुरा गर्ने खेल पनि खेल्दै छन । 

 


    रौनीयारले देशलाई झूठो बोले आफू कहिल्यै आन्दोलनमा नलागे पन िआन्दोलनकारी हु भन्दै जनतालाई ढाँटदै छन । त्यती मात्र हैन आफना काला करतुतबाट जोगिनकोलागि राजनीतिको संरक्षण खोजेका चौरसियाले आफनो स्वर्गीय पिताको नाममा समेत ढाँट काम गरेका छन ।

 


    पोखरिया नगरपालिकाको प्रवेशको स्थानमा उनले सामाजिक काममा पप्पु कन्सट्रक्शनको योगदान भन्दै प्रवेशद्वार बनाउने काम समेत शुरु गरेका थिए । तर लामो समय बितिसक्दा समेत उनले प्रवेशद्वारको काम सम्पन्न गरेका छैनन ।

उनले आफनो गृह नगर प्रवेश गर्ने नगर आफनै खर्चमा निर्माण गर्छु भन्दै वाहवाही लुटे पनि काम भने गरेका छैनन । ४ नोभेम्बर २०१६ मा प्रवेशद्वार शिलान्यास गरिएको अहिले भने पिल्लर मात्र उठाइएको छ ।  सारै हौसिएर नाम कमाउने चक्करमा शुरु गरेको काम त बेलैमा फत्ते गरेका छैनन भने अन्य कामहरु समयमै गर्ने कुरा कल्पाना गर्नु बाहेक अरु केही नहुने पटेर्वा सुगौलीको वडा नं २ का उत्तम पौडेलले बताए । 
    पटक पटक राज्यबाट दण्डीत भएका रौनीयारले नेपालमा निर्माण गरेका पुलहरु अधिकाश भत्कने गरेको पाइएको छ । जब्धीघाट रौतहटको लालबैकया पर्साको हुलाकी राजमार्ग खण्डको बहुवर्वाभाठा नजिक रहेको पुल सबै हस्तान्तरण हुनु भन्दा पहलिा भत्केका पुलहरुमा पर्छन । गुणस्तरहीन र ढिलो काम गर्ने प्रवृतिका कारण रौनीयार कारवाहीको दायरामा जाने पक्का छ ।

 

पछिल्लो पटक संसदमा रहेको बिकास समतिले रौनीयारलाई कारवाही गर्न तयारी गरेको थियो तर नेकपा एमालेका एकजना सासदका करण रौनीयार कारवाही मुक्त भएका हुन । यही कारवाही वाट बाच्न राजनीति दंगलमा उत्रिएका रौनीयार अहिले एक हजार रुपैया तिरेर एक भोट किन्दै छन । उनले सखुवा प्रसौनीको कौवावन कटैयामा एक भोटलाई एक हजारका दरले दिएको स्थानीय बासिन्दाले बताएका छन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.