वीरगन्ज– पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।
प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले केही मतदान केन्द्रमा सामान्य झडप भएपनि मतदान स्थगीत नभएको बताए । शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनको मतपेटिकाहरु संकलन गरी सदरमुकाम वीरगन्ज स्थित श्री नेपाल राष्ट्रिय विधापीठ उच्च मावि श्रीपुरमा ल्याउने क्रम जारी रहेको उनले बताए । ‘मध्यरातसम्म मतपेटिका ल्याइन्छ,’ मूख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्णले भने, ‘मतगणना शुक्रबार देखि गरिने छ ।’ मतपटेकिा मतगठाना स्थलमा आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सम्बन्धी प्रक्रियामा सहमति कायम गरेपछि मतगणनाको सुरु हुने उनले बताए ।
तपाईको प्रतिक्रिया