logo

बाराको दुई वटा प्रदेशसभामा बामगठबन्धनको जीत

      12/10/2017 गते 00 00 मा प्रकाशित     1367   पटक पढिएको

वीरगन्ज, २४ मंसिर । बाराको प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

 

बाराको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा बामगठबन्धनकी उम्मेदवार ज्वालाकुमारी साह विजयी भएकी छिन् । बामगठबन्धनको तर्फबाट साझा उम्मेदवार माओवादीकी ज्वाला कुमारी सहाले ११ हजार ७ सय ७१ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवारले १० हजार एकसय ४१ र राजपा फोरम गठबन्धनको मसाल छापका उम्मेदवारले ६ हजार तीनसय ८२ मत मात्रै पाएका छन् । नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बारा क्षेत्र नम्बर ४(१) बाट प्रदेश सभा सदस्यमा निर्वा्चित भएका छन् ।

 

बाम गठबन्धनका साझा उम्मेदवार विश्वकर्माले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीलाई ३ हजार ४ सय ४७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । विश्वकर्माले ११ हजार ७ सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कार्कीले ८ हजार ३ सय २३ मत प्राप्त गरेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य (क) मा संघीय समाजवादी फोरमका शारदा शंकर प्रसाद जयसवाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ८ हजार एकसय मत ल्याएका थिए । त्यस्तै माओवादीका उम्मेदवारले चार हजार दुईसय ७९ मत मात्रै पाएका छन् ।

बारामा प्रतिनिधिसभा निर्वाचनको मतान्तरमा भने निकै प्रतिस्पर्धा भईरहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.