वीरगंज २४ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० गठबन्धनका संयुक्त उम्मेदवार प्रदीप यादवले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पुर्व सभासद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको भारी मतान्तरले पछाडी पर्दै विजयी भएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको जानकारी अनुसार फोरम(राजपा गठबन्धनका प्रदीप यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अनिल कुमार रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन् र बाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया