logo

पर्सा ३ का सांसद तथा ठेकेदार  रौनियारको कम्पनीलाई काम तत्काल थाल्न सिक्टा सिँचाइको सार्वजनिक सूचना 

      12/12/2017 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको

नेपालगञ्ज– राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम निर्माण कार्य सुरु भएको डेढ वर्षमा करिब २ प्रतिशत मात्रै अघि बढेको छ।

नहर निर्माणको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियारको फर्मलाई तत्काल काम अघि बढाउन भनेको छ।

आयोजनाले अंग्रेजी दैनिक रिपब्लिकामा १५ दिने सार्वजनिक सूचना जारी गर्दै तत्काल काम सुरु गर्न आग्रह गरेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश कार्कीले बताए।

पप्पु कन्स्ट्रक्सन प्रालिका मालिक रौनियार संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन्। रौनियार हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट १५ हजार १ सय ५८ मत पाएर विजयी भएका हुन्।

रौनियारले कोस्टल÷पप्पु जेभी मार्फत सिक्टा सिंचाइ आयोजना अन्र्तगत डुडुवा नहर प्रणाली निर्माणको कामको ठेक्का लिएका थिए। 

कोस्टलरपप्पु जेभीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायत काम गर्नेगरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम पूरा गर्न ठेक्का लिएको थियो। सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने आयोजनका इञ्जिनियर कार्कीले बताए।

तर, निर्माण पूरा गर्ने अवधिको करिब ६० प्रतिशत समय सकिए पनि निर्माण कम्पनीले करिब २ प्रतिशत मात्रै काम गरेकाले आयोजनाको काम अपलत्र परेको छ।

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा–गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नभएको जस्ता कारण देखाएर नहर निर्माणको काम नगरी उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ। 

निर्माण कम्पनीले समयमै काम नगर्दा मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। निर्माण कम्पनीले लक्ष्य अनुसारको काम गरेको भए हालसम्म डुडुवा नहरबाट त्यस क्षेत्रको करिब ५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्थ्यो।

सो क्षेत्र बाँकेको क्षेत्र नम्बजयी भएका हुन्।

विकास र समृद्धिको नाराका साथ चुनावमा विजयी भएका राईलाई आफ्नै पार्टीका नेता, सांसद एवं निर्माण व्यवसायी रौनियारले लक्ष्य अनुसारको काम नगर्दा त्यहाँका जनताले खेप्नुपरेको समस्या समाधान गर्नुपर्ने चुनौती पनि थपिएको छ।

आफ्ना मई र प्रदेशबाट पनि फोरमकै विजय यादव विजयी भएका हुन्।

विकास र समृद्धिको नाराका साथ चुनावमा विजयी भएका राईलाई आफ्नै पार्टीका नेता, सांसद एवं निर्माण व्यवसायी रौनियारले लक्ष्य अनुसारको काम नगर्दा त्यहाँका जनताले खेप्नुपरेको समस्या समाधान गर्नुपर्ने चुनौती पनि थपिएको छ।

आफ्ना मतदातालाई धन्यवाद दिन डुडुवा पुगेका सांसद राईले निर्माण व्यवसायी, सांसद एवं पार्टीका नेता रौनियार तथा सिक्टा सिंचाइ आयोजनासँग समन्वय गरेर तत्कालै रोकिएको निर्माणको काम अघि बढाउने बताए।

बाढीको बेला नहरको संरचना भत्किनेदेखि निर्माण व्यवसायीले समयमै काम नगरिने समस्याका कारण निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि सिक्टा सिँचाइबाट बाँकेका जनताले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

बाँकेको कुल खेतीयोग्य जमिनमध्ये करिब ७२ प्रतिशत क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा छैन। सिँचाइ सुविधा नहुँदा बाँकेका किसान बर्सेनि खडेरीको समस्या खेप्दै आएका छन्। आयोजना बनेर किसानको आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिए पनि निर्माण कार्य लम्बिने र नहरहरु सञ्चालन नै नहुँदै पटकपटक भत्किएकाले किसान निराश हुन थालेको सिक्टा सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए। 

बाँकेको करिब ३४ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ नेपाल सरकारले आफ्नै लगानीमा ०६३ माघबाट सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको हो। तर, राजनीतिक अस्थितरता, आयोजनामा हुने राजनीतिक हस्तक्षेप तथा निर्माण कम्पनीहरुको लापरबाहीका कारण निर्माण थालिएको एक दशक बितिसक्दा पनि किसानले अझैसम्म आसैआसमा बस्नुपरेको छ। 

निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोड रुपैयाँको लागतमा ०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको थियो। तर, ०७४ सालको असारसम्म १३ अर्ब १३ करोड ५४ लाख खर्च भइसक्दा पनि नहर निर्माणको काम करिब ५३ प्रतिशत मात्रै पूरा भएको छ।साभार नेपाललाइभ डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.