logo

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

      12/14/2017 गते 00 00 मा प्रकाशित     1067   पटक पढिएको

काठमाण्डौ २८  मंसिर ।
प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षमा जस्तै समानुपतिकतर्फ पनि नेकपा एमालेले अग्रता कायमै राखेको छ। समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा बिहीबार दिउँसो १ बजेसम्ममा एमालेले २७ लाख १४ हजार ८०६ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको छ भने कांग्रेसले २६ लाख २६ हजार ८९९ मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।

 एमाले कांग्रेसभन्दा ८७ हजार ९०७ मतले अगाडि रहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १० लाख ८७ हजार ८७१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने संघीय समाजवादी फोरम नेपालले ३ लाख ८२ हजार ४८ मत प्राप्त गरेको छ। त्यस्तै राजपाले ३ लाख २१ हजार ९६६, विवेकशील साझा पार्टीले १ लाख ७९ हजार १९२, राप्रपाले १ लाख ७८ हजार ६०३, नयाँ शक्ति पार्टी नेपालले ७० हजार ६९१ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रापा प्रजातान्त्रिकले ६४ हजार ८९५ र नेमकिपाले ५० हजार ८१३ मत प्राप्त गरेका छन् भने अन्यले २ लाख ९२ हजार १५५ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फ १ करोड पाँच लाख ८७ हजार ५२१ मत खसेकोमा अहिलेसम्म ७९ लाख ६९ हजार ९३९ सदर मत गणना भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.