logo

नेपाली जनताको बिकास र समृद्धिको चाहना पुरा गर्छौ - नेता नेपाल

      12/15/2017 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

बीरगंज २९ मंसिर ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकता हुने कुरमा कुनै संशय नरहेको बताएका छन  । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बीरगंजमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमंत्री समेत रहनु भएका नेता नेपालले नेपाली जनताको चाहना दुबै पार्टीको एकता भएको कुरा निर्वाचनका माध्यमले पूर्नपुष्टी भएको बताए  ।

नेता नेपालले सरकार नेतृत्व गठनका सम्बन्धमा कुनै समस्या नरहेको प्रष्ट पारे  ।
      नेता नेपालले काम चलाउ सरकारले बाहिरिने बेलामा गरेको बिभिन्न नियुक्तिप्रति असन्तोस जनाए  । उहाँले यो प्रक्रिया अनुचीत रहेको चर्चा गर्दै आउने सरकारले कामचलाउ सरकार निर्णय मान्न बाध्य नहुने समेत प्रष्ट पारे ।

 

उनले सम्बैधानिक बाध्यता भए वामगठबन्धनसंग छलफल गरेर मात्र काम गर्नु पर्ने धारणा ब्यक्त गरे  ।
      नेता नेपालले अव बन्ने स्थिर  अनी वामगठबन्धनको सरकारले बिकास र समृद्धिको जनताको चाहना पुरा गर्ने बताए  । उनले जित्नु मात्र ठुलो कुरा नभई जीतका आधारहरुलाई रक्षा गर्दै थप बिकासकालागि योग्यतापूर्वक काम गर्नु पर्नेमा जोड दिए  ।

 

उनले जनताले बिकास र समृद्धि चाहेको चर्चा गर्दै हुलाकी राजमार्गको निर्माण,राम्रा सडक संजाल रेल सडक निर्माण नयाँ शहरहरुको निर्माण  उत्तर दक्षीण जोडने सडकहरु निर्माणमा बिशेष ध्यान दिइने बताए  ।
      पर्सा जिल्लामा वामगठबन्धनले कुनै पनि सिट जीत्न नसकेको प्रति नेता नेपालले पार्टी भित्र मौलाउदै गएको गलत प्रवृतिलाई समाप्त पार्न लाग्नु पर्ने सुझाव दिदै हारका कारणहरुको समिक्षा गरेर कमजोरीहरु सच्याउने कुरामा अगाडि बढन स्थानीय नेतृत्वलाई निर्देशन दिए  ।  

 

 
    ।प्रेस चौतानरी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षता भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, बंशीधर मिश्र, पर्सा ईन्र्चाज रामचन्द्र साह, पुर्व सांसद राजकुमार गुप्ता, बिचारी यादव, जयप्रकास थारु,प्रद्युम्न चौहान, पर्सा संयोजक प्रभु हजरा,संह संयोजक डा.बिश्वम्भर शर्मा पूर्व संयोजक चीरन्जीवी आचार्य नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, एमाले नेता शम्भु गुप्ता,बिना शर्मा,उषा चौधरी महम्मुद अंसारी,अकलेश साह लगायतको उपस्तिथि रहेको थियो ।

 

कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोठेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.