logo

पर्सामा फोरम बारामा नेपाली कांग्रेस पहिलो स्थानमा

      12/15/2017 गते 00 00 मा प्रकाशित     1187   पटक पढिएको

वीरगञ्ज   २९मंसिर । पर्साको समानुपातिक तर्फपनि सघीय समाजवादी फोरम नेपाल अग्रस्थानमा रहेको छ । बारा जिल्लामा भने प्रत्यक्ष तर्फ खराव नतिजा ल्याएको नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ ।   

पर्सामा कुल २ लाख ८९ हजार ५५ मतदाता रहेका छन । ७१ प्रतिशतले आफनो मताधिकारको प्रयोग गरेका थिए । समानुपातिक तर्फ पर्सा जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल पहिलो भएको हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । दशमै पहिलो स्थानमा रहेको एमाले पर्सामा भने तेश्रो स्थानमा  ।

पर्सामा प्रत्यक्षतर्फ ४ वटै प्रतिनिधिसभा र ८ प्रदेशसभामध्ये ६ प्रदेशसभा सदस्यमा फोरम नेपाल बिजयी भएको छ  ।

पर्सामा प्रतिनिधिसभाको समानुपातिकमा संघीय समाजवादी फोरम नेपालले कुल ५३ हजार ८ सय २१ मत पाएको छ भने कांग्रेसले ५० हजार ५ सय ९२ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले २२ हजार १ सय ५६ मत पाएको छ भने राजपा नेपालले १७ हजार ४ सय १४ मत हासिल गरेको छ । माओवादी केन्द्रले ११ हजार ८ सय १९ मत बटुलेको छ ।

नेपाल संघीय समाजवादी पार्टीले ११ हजार १ सय ६३ मत प्राप्त गरेको छ । राप्रपा प्रजातान्त्रिकको पक्षमा १ हजार ३ सय ७५ मत परेको छ भने विवेकशील साझा पार्टीले १ हजार ३ सय १ मत पाएको छ ।

समानुपातिक तर्फ पर्सामा ४९ वटा दलले मत पाएका छन् । खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले सबैभन्दा कम १२ मत ल्याएको छ ।

यस्तै पर्सामा प्रदेशसभाको समानुपातिकमा पनि फोरम नेपालले नै लोकप्रिय मत हासिल गरेको छ । फोरम नेपालले कुल ५१ हजार २ सय २० मत पाएको छ । दोस्रो स्थामा रहन सफल कांग्रेसले ४५ हजार २ सय ७३ मत बटुल्यो भने एमालेले १९ हजार २ सय ९८ मत पाएको छ ।

राजपा चौथो भएको छ । यसले १५ हजार ५ सय २३ मत प्राप्त गरेको छ । नेपाल संघीय समाजवादी पार्टीले १२ हजार १ सय २० मत ल्यायो । माओवादीले १० हजार ५ सय ९२, राप्रपाले ४ हजार १ सय ५४, राप्रपा प्रजातान्त्रिकले २ हजार ९ मत ल्याए ।

प्रदेश सभामा २९ वटा दलले मत पाएका छन् । सबैभन्दा कम मत मंगोल नेशनल अर्गनाईजेशनले ल्याएको छ । यसले पाएको मत मात्रै २६ छ ।

बारामा समानुपातिकमा काँग्रेस अगाडि
बारा जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि र प्रदेश सभामा समानुपतिकतर्फ सर्वाधिक मत ल्याउन सफल भएको छ । बाराका ४ प्रतिनिधि सभा सदस्य मध्य एकमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ ।

बाराका ४ प्रतिनिधि सभा सदस्यमा फोरमले २ स्थान र राजपाले १ स्थानमा बिजय प्राप्त गरेका छन । प्रदेश सभाका ८ सदस्यमा एमाले २, माओवादी केन्द्र १, राजपा २ र फोरम नेपाल ३ स्थानमा विजयी भएका थिए ।

बारामा कांग्रेसले प्रतिनिधिसभामा ४९ हजार ९ मत पाएको छ भने प्रदेश सभामा ४५ हजार ९ सय ३१ मत प्राप्त गर्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एमालले प्रतिनिधि सभामा ४३ हजार ३ सय मत पाएको छ भने प्रदेश सभामा ३८ हजार ९ सय ६३ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको फोरम नेपालले प्रतिनिधिसभातर्फ ४२ हजार ५ सय ९२ मत बटुल्यो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, फोरमले प्रदेशसभामा ३८ हजार ८ सय ९३ मत ल्याएको छ ।

चौथोमा रहेको राजपा नेपालले प्रतिनिधिसभामा ३० हजार ५ सय ३६ र प्रदेशसभामा २७ हजार ६ सय ५३ मत ल्यायो । माओवादी केन्द्रले प्रतिनिधिसभामा पाएको मत १५ हजार ९ सय ७ छ भने प्रदेशसभातर्फ उसले १६१८१ मत बटुलेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.