logo

प्रदेशमा प्रदेश सचिव खटाइए, दुई नम्बरमा यादव कोइराला

      12/16/2017 गते 00 00 मा प्रकाशित     1675   पटक पढिएको

काठमाण्डौ २ पौष । 
 सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ। यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ।

सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश प्रमुख सचिव रहने व्यवस्था गरेको छ। सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात वटै प्रदेशमा सचिव पठाउन लागेको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार, प्रदेश प्रमुख सचिवका रुपमा हाल पाँच वटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै पठाउन लागिएको हो। बाँकी दुई सचिवलाई भने केन्द्रबाट पठाउन लागिएको बताइएको छ।

 

जस अनुसार प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह ,प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला,(कायममुकायम सचिवको जिम्मेवारी), प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल ,प्रदेश ५ मा बैकुण्ठ अर्याल (कायममुकायम सचिवको जिम्मेवारी) प्रदेश ६ मा सुरेश प्रधान प्रदेश ७ मा लक्ष्मीराज पौडेल पठाउने तयारी भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.