logo

वीरगंज ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु

      12/18/2017 गते 00 00 मा प्रकाशित     1720   पटक पढिएको

बीरगंज ३ पर्सा । 
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ । सोमबार वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रनिधिनिधि सभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले सो मार्ग सुधारको बीरगंजको पावरहाउस चोकमा शुभारम्भको शिलन्यास गरेका हुन ।

 


भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्ज–ठोरी सडक खण्ड अन्तर्गत सेढवासम्मको ३० किलोमीटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रा.लि. र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् । १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपौयाँको लागतमा निर्माण हुन लागेको १५र१५ मिटर चौडाई भएको दुईलेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । 

 


सडक विभाग र ठेकेदार कम्पनीबीच ३० महीनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको छ । परियोजनाको प्राविधिक कन्सल्ट्याण्ट भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडको रहेको छ ।

 


सो वीरगञ्ज–ठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य जन्नत अन्सारी, २ का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो । 

 


पर्सामा हुलाकी सडक योजना सम्पन्न भएसँगै मुलुककै आर्थिक राजधानी मानिएको वीरगञ्जसँग अहिले प्रयोगमा आइरहेको पूर्वपश्चिम राजगार्मको विकल्पसमेत खुला हुने भएकाले पर्साको विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.