logo

शितलहरी प्रभावित नागरिकलाई राहत बितरण गरिने

      12/18/2017 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

बीरगंज ३ पौष । 
बिगत केहि देखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन  प्रभावित भएको छ ।तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । चिसो बढेसँगै पर्सा सदरमुकाम वीरगंजमा चहलपहल कम भएको छ ।

ग्रामिण भेगबाट वीरगंज मजदुरी गर्न आउनेको संख्यामा कमी  आएको छ ।मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । कुहिरो र शीतसँगै चल्ने पश्चिमी चिसोहावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ  ।

     निरन्तर चिसो बढेसँगै अस्पतालमा विरामीको चाप समेत बढ्न थालेको छ ।चिसोका कारण दम, रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा कोल्ड डायरियाका बिरामीहरूको सख्या बढ्न थालेको नारायणी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर इनामूलहकले बताए । 


कुहिरोका कारण यातायातका साधनहरू दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ । 
    बाक्लो कुहिरो र हुस्सुका कारण सिमराबाट सञ्चालित विमानसेवा समेत प्रभावित हुन थालेका छन् । विहान उडान गर्ने विमानहरू समय तालिकाअनुसार उडान हुन नसकेपछि यात्रुहरूलाई समेत समस्या हुन थालेको छ ।


    यसैवीच तराईमा परेको शितलहर र हुस्सुका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । सोमवार जिल्ला दैवि प्रकोप उद्वार समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारि बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको बैठकले बैठकले प्रभाबित परिवारलाई कम्बल बितरण,आगो ताप्नको निम्ति दाउराको व्यवस्थापन लगायत आवश्यक सामग्री उपल्बध गराउने निर्णय गरेको छ ।


बंठकमा सहायक प्रमुख जिल्ला अधिकारि ,जिल्ला शिक्षा अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,पत्रकार महासंघ पर्साका अध्यक्ष,सश्स्त्र प्रहरी उपरिक्षक, नेपालि सेना,बिभिन्न सामाजिक संघ संस्था, स्थानीय निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.