logo

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

      12/18/2017 गते 00 00 मा प्रकाशित     1586   पटक पढिएको


बीरगंज ३ पौष ।
नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ । हालै सम्पन्न निर्वाचनमा पर्साका सबै निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभामा हार भएपछि नेपाली कांग्रेस भित्र अन्तरघातीहरुको खोजी शुरु भएको छ । 


    सोमवार पर्साको निर्वाचन क्षेत्र नं २ को समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा अन्तरघातीहरुका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै उनीहरुलाई कारवाही हुनु पर्ने माग उठेको  छ । क्षेत्रीय भेलामा कार्यकर्ताको तहबाट पर्साका कांग्रेसका सभापति अजय द्विवेदी निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य जिल्ला सचिव श्याम पटेल लगायतका नेतालाई कारवाही गर्नु माग उठेको छ । 


    हालै सम्पन्न निर्वाचनमा पार्टीका नेताहरुको घातका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै उनीहरु बिरुद्ध कारवाहीको माग गरिएको हो । अन्तरघातको आरोप लागेकाहरुलाई कारवाही गर्ने अधिकार भने भेलाले सासदका प्रत्यासी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई दिएको स्रोतले जनायो ।


    आरोप लागेका नेताहरु मध्य जिल्ला सचिव पटेल बाहेक अन्यले आफनो  धारणा राख्न भने पाएका छैनन । पटेलले आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका थिए ।


    हालैको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण हैसियत भएका दुई नेता रमेश रिजाल र अजय चौरसियाको हारका कारण कांग्रेस भित्र पर्साको निर्वाचन निकै नै चासोको बिषय बनेको छ । ६ महिनाको नाकाकन्दी ताका मितेरी पुलमा गएर नाकाबन्दी प्रति एक्यवद्धता जनाएका र मधेशीदलका मागको बिषयमा चर्को लविङ गरेका चौरसिायको हार कतिपय शक्तिकेन्द्रकालागि समेत पाच्य नभएको स्रोतको दावी छ ।

 

रमेश रिजाल समेत बिदेशी शक्ति केन्द्रद्वारा रुचाइएका उम्मेदवारको रुपमा केही छापाहरुमा समाचार आएको थियो । जित्ने अति बिश्वास गरिएका नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने हैसियत भएका दुई नेताको पराजयले नेपाली कांग्रेस पर्सालाई अझै अन्तरद्वण्द्वमा लाने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.