logo

उपचारको क्रममा बीरगंज बारुणयन्त्रका कर्मचारी नेपालको मृत्यु

      12/22/2017 गते 00 00 मा प्रकाशित     1018   पटक पढिएको


बीरगंज ७ पुष । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नी नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।


नेपाललाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर गरेर वर्न सेन्टर किर्तिपुरमा लगिएको थियो ।उपचारको क्रममा नेपालको त्यही मृत्यु भएको नेपालका दाजु बीरगंज महानगरपालिकाका पूर्व र्काकारी प्रमुख बिष्णु कोइरालाले जानकारी दिए । 


योसँगै वीरगञ्जको सुपर ग्यास उद्योग आगलागी नियन्त्रणमा संलग्न बीरगंज बारुण यन्त्रका सर्लाही का यादव अधिकारी,तनहुका मधुसुदन मिश्र र अहिले संजीव नेपाल गरि तीन जना कर्मचारीको मृत्यु भयो दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

अर्का घाइते अरुण महतोको काठमाण्डौमा उपचार भइरहेको छ । भोजपुर घर भएका नेपाल अविवाहित रहेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.